कोरोना महामारीमा होटल तथा रेष्टुरेण्टले पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड

काठमाडौं। होटल तथा रेष्टुरेण्टले पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड अपनाउन चिकित्सकले सुझाएका छन्। कामदारले अनिवार्य रुपमा मास्क, भाइजर र पञ्जा लगाउने, प्रवेश गर्ने सेवाग्राहीलाई मास्क अनिवार्य गर्ने, कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, स्यानिटाइजरको व्यवस्था गर्न, होटल तथा रेष्टुरेण्टलाई नियमित रुपमा स्यानिटाइज गर्न, मास्क नलगाइ प्रवेश गरेमा व्यवस्थापकले मास्क उपलब्ध गराउनु पर्ने सुझाव रहेको छ।

सम्बन्धित सामग्री

कोभिड महामारीले पुनः सुस्ताउँदै पर्यटन क्षेत्र

काठमाडौं । कोभिड महामारीको असरबाट विस्तारै लयमा फर्किंदै गरेको नेपालको पर्यटन क्षेत्र कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को त्रासले पुनः सुस्ताउन थालेको छ । पर्यटन क्षेत्रले लय लिँदै गर्दा ओमिक्रोन भेरियन्ट संक्रमण बढेसँगै  पर्यटन क्षेत्र प्रभावित भएको छ । पछिल्ला दिनमा निरन्तर बढिरहेको संक्रमणले व्यवसायी मात्रै होइन, आम सर्वसाधारणलाई चिन्तित तुल्याएको छ । महामारीको प्रतिकूल परिस्थितिका बीच स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटन व्यवसाय चलायमान बनाउन व्यवसायीले माग गरेका छन् । कुल जनसंख्यामध्ये आधाभन्दा बढीले कोभिडविरुद्धको खोप लगाएको र पछिल्लो भेरियन्ट ‘डेल्टा’जस्तो खतरनाक नभएको विज्ञले बताइरहेका छन् । तथापि, नयाँ भेरियन्टले चाँडो संक्रमण फैलने र माघको मध्यतिर अस्पतालमा बिरामीको चाप बढ्ने विज्ञको भनाइ छ । कोभिड संक्रमितको ग्राफ हेर्दा पछिल्ला १० दिनमा अत्यधिक संख्यामा संक्रमित बढेका छन् । पुसको तेस्रो साता झन्डै ३०० हाराहारी संक्रमित रहेकोमा पुस मसान्तसम्म पुग्दा पाँच हजार नाघिसकेको छ । पछिल्ला दिनमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि महामारी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । यसै सन्दर्भमा पर्यटन क्षेत्रका व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिन माग गरेका हुन् । साथै उनीहरूले कोरोना संक्रमण भन्दै हठात् लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन धराशयी भएको भन्दै त्यस्ता निर्णय नगर्न पनि सरकारसँग अनुरोध गरेका छन् । संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलायमान बनाउनुपर्ने व्यवसायीको सुझाव छ ।      होटल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिनुपर्ने बताए । ‘संक्रमण बढे पनि एक्कासि बन्दाबन्दी गर्नु हुँदैन । मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न दिनुपर्छ, अत्यधिक संक्रमण बढेका विश्वका अन्य मुलुकले पनि यही अभ्यास गरिरहेका छन्,’ उनले भने । स्वास्थ्य र आर्थिक क्षेत्रलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा सरकार र निजीक्षेत्रको समन्वयका साथ प्रभावकारी कदम अविलम्ब अघि बढाइनुपर्ने उपाध्यक्ष शाहको भनाइ छ । महामारीको त्रासले होटल क्षेत्र पनि सुनसान जस्तै छन् । विदेशी पर्यटक उल्लेख्य मात्रामा नआउँदा होटल खोल्ने र पाहुना कुर्नुपर्ने अवस्था मात्रै भएको एयरपोर्ट होटलका सञ्चालक समेत रहेका उपाध्यक्ष शाहले बताए । ‘होटल व्यसाय सुस्त छ, व्यापार छैन, होटल खोलेर के गर्नु मानिसमा अन्योल छ,’ उनले भने । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले कोभिडविरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए । कोभिड–१९ का अघिल्लो लहरजस्तो यो पटकको भेरियन्ट बढी घातक नभएको विज्ञले बताइरहेको र खोपको मात्रा बढेर स्वास्थ्य मापदण्डको पालनामा पनि विशेष ध्यान दिइरहेको अवस्था भएकाले तत्कालै बन्दाबन्दीमा नगरेर पर्यटन क्षेत्रलाई सञ्चालन गरिनुपर्ने नेपाल पर्वतारोहण संघ (एनएमए)का महासविच कुलबहादुर गुरुङले बताए । उनका अनुसार योपटक वसन्तकालीन पर्वतारोहणका लागि बुकिङ राम्रो छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खोमबहादुर सुवेदीले महामारीबाट सतर्कता अपनाएर व्यवसायलाई चलायमान बनाउन सरकार र निजीक्षेत्रले प्रभावकारी कार्ययोजनाका साथ काम गर्नुपर्ने खाँचो औंल्याए । यस्तै प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बडुवालले कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको र व्यवसायलाई कसरी सञ्चलन गर्ने भन्नेबारे सरकार र निजी क्षेत्रको समन्वय र सहकार्य जरुरी भएको बताए । पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्था हेरेर पर्यटन प्रवर्द्धनको रणनीति परिवर्तन गर्न सुझाव दिए । यस्तै एक्सपिडिसन अपरेटर एशोसिएशनका अध्यक्ष डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालले मापदण्ड बनाउनुपर्ने सुझाए । रासस

खुल्न थाले फेवा किनारका होटल

कोभिड–१९ को सङ्क्रमणका कारण तीन महिनादेखि बन्द पोखराको तालकिनार (लेकसाइड)का होटल खुल्न थालेका छन् । पोखरामा कोरोनाको सङ्क्रमणको जोखिम अझै रहे पनि स्वास्थ्य मापदण्ड पालना गरी होटलहरू खुल्न थालेका हुन् । सरकारले आन्तरिक उडान तथा यातायातका साधन सञ्चालन गर्ने अनुमति दिएपछि पोखराका होटल व्यवसायीले होटल खोल्न थालेको पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय कास्कीले साउन ४ देखि कुल क्षमताको ५० प्रतिशत मात्र पाहुना राख्न पाउनेगरी होटल सञ्चालन गर्न अनुमति दिएपछि सीमित होटल खुल्न थालेको तुलाचनले बताउनुभयो । ५० प्रतिशत मात्र पाहुना राखेर होटल सञ्चालन गर्न अनुमति दिइए पनि अहिले कुल क्षमताको २ प्रतिशत मात्र पाहुना होटलमा आएको तुलाचनले बताउनुभयो । तीन महिनादेखि बन्द अवस्थामा रहेका होटलका संरचनासमेत मर्मत तथा सरसफाइ गर्नुपर्ने भएकाले पनि होटलहरू खुल्न थालेका हुन् । “कोरोना सङ्क्रमणको जोखिम

पर्वतमा खुकुलो बनाएर एक हप्ता निषेधाज्ञा थप

असार ७, पर्वत । पर्वतमा कोरोना संक्रमणका कारण जारी गरिएको निषेधाज्ञा केहि खुकुलो बनाएर थप एक हप्ता लम्ब्याइएको छ ।  जिल्ला प्रशासन कार्यालय पर्वतले सोमवार जारी गरेको सूचना अनुसार निजी सवारीसाधन जोरबिजोर बारका आधारमा सञ्चालन हुनेछन् भने विभिन्न पेशा, व्यवसाय, पसल बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खोल्न पाइने नियम बनाइएको छ ।  प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णयअनुसार सोमवार राति १२ बजेबाट लागू हुने गरि असार १४ गतेसम्म निषेधाज्ञा केही खुकुलो बनाउँदै थप गरिएको बताईन् ।  प्रशासनको आदेशानुसार निजी सवारीसाधन साना सवारी चार पांग्रे, दुई पांग्रेको हकमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका गाडी सञ्चालन गर्न सकिने र चार पांग्रेमा चालकसहित चार जना यात्रु मात्र राख्न पाइने उल्लेख गरिएको छ । सार्वजनिक यातायात भने सञ्चालन नहुने भएका छन् ।   यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्विमिङ पुल, ब्युटिपार्लर, सैलुन, फुटपाथ पसल लगायत सेवालाई निषेधाज्ञाको समयमा  सञ्चालन अनुमति दिइएको छैन । विद्यालयको पठनपाठन र भौतिक उपस्थितीमा हुने परीक्षा सञ्चालन गर्न नपाईने भएको छ ।  यद्यपि यसबाहेकका पेशा, व्यवसाय, स्वास्थ्य मापदण्ड र सुरक्षालाई पालना गर्दै बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ । सर्वासाधारणलाई अनावश्यक काम नपरि घर बाहिर ननिस्कन र अत्यावश्यक काम परेर निस्कनु परेमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र स्यानिटाईजरको प्रयोग गर्न भनिएको छ ।  सरकारी कार्यालयहरु आलोपालो गरेर खुलाउने र कार्यालय परिषरमा साबुनपानीको व्यवस्था गर्न आदेशमा भनिएको छ । मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत धार्मिक स्थलमा नित्यपूजा मात्रै गर्न भनिएको छ । विवाह, व्रतबन्ध तथा अन्य संस्कार जन्य गतिविधी पार्टी प्यालेसमा नगर्न र त्यस्ता समारोहमा १० जना भन्दा बढि मानिस सहभागी नहुने प्रसासनको आदेशमा उल्लेख गरिएको छ ।  बैंक, वित्तिय संस्था, सहकारीहरु भने सञ्चालन हुने भएका छन् । सार्वजनिक निर्माण र व्याक्तिगत निर्माण साथै उद्योग कलकारखानामा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने, श्रमिकलाई कार्यस्थलमै खानेबस्ने व्यवस्था गर्नुपर्ने कुरा आदेशमा उल्लेख गरिएको छ ।