कोभिड–१९ को सङ्क्रमणका कारण तीन महिनादेखि बन्द पोखराको तालकिनार (लेकसाइड)का होटल खुल्न थालेका छन् । पोखरामा कोरोनाको सङ्क्रमणको जोखिम अझै रहे पनि स्वास्थ्य मापदण्ड पालना गरी होटलहरू खुल्न
थालेका हुन् ।
सरकारले आन्तरिक उडान तथा यातायातका साधन सञ्चालन गर्ने अनुमति दिएपछि पोखराका होटल व्यवसायीले होटल खोल्न थालेको पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय कास्कीले साउन ४ देखि कुल क्षमताको ५० प्रतिशत मात्र पाहुना राख्न पाउनेगरी होटल सञ्चालन गर्न अनुमति दिएपछि सीमित होटल खुल्न थालेको तुलाचनले बताउनुभयो ।
५० प्रतिशत मात्र पाहुना राखेर होटल सञ्चालन गर्न अनुमति दिइए पनि अहिले कुल क्षमताको २ प्रतिशत मात्र पाहुना होटलमा आएको तुलाचनले बताउनुभयो । तीन महिनादेखि बन्द अवस्थामा रहेका होटलका संरचनासमेत मर्मत तथा सरसफाइ गर्नुपर्ने भएकाले पनि होटलहरू खुल्न थालेका हुन् ।
“कोरोना सङ्क्रमणको जोखिम