काठमाडौं । अन्डरग्राउन्डमा नक्सापासविपरीत बनाइएका अवैध संरचना भत्काउने काठमाडौं महानगरपालिकाकोे अभियान जारी छ । व्यापारी–घरबेटीलाई पूर्वसूचना नदिएरै महानगरको प्रहरी टोली फिल्डमा उत्रँदै आएको छ ।
सोमबार बिहान ११ बजे न्युरोडस्थित सुरज अर्केडमा नगर प्रहरी टोली एक्कासी पुग्यो । महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष विनोद कुमार राजभण्डारीसहित नगर प्रहरी टोलीले निरीक्षण...