सोलुखुम्बु - सोलु कोरिडोर १३२ केभी प्रसारण लाइन आउँदाे सोमवार (पर्सि)बाट सञ्चालनमा आउने भएको छ । परीक्षण प्रसारणको क्रममा कुनै अवरोध नभएकाले फागुन २ गतेबाट सञ्चालन गर्ने तयारी भइरहेको आयोजना प्रमुख जर्नादन गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार वन तथा वातावरण मन्त्रालयबाट पछिल्लो ४ वर्षमा बढेका रुख बिरुवा कटानको स्वीकृति आउन समय लाग्ने देखिएपछि हाँगाबिँगा कटान गरेरै भए पनि प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।
जसका लागि अहिले रुख बिरुवाको हाँगा कटान गर्ने कार्य भइरहेको छ । आयोजनाको काम क...