निर्वाचन आयोगले दलको कार्यालयमै लेखा परीक्षण गर्ने

निर्वाचन आयोगले विशेषज्ञ कर्मचारीले कार्यालयमै गएर स्थलगत निरीक्षण गरी राजनीतिक दलको लेखा परीक्षण गर्ने भएको छ । सो कार्यका लागि आयोगले महालेखा परीक्षकको कार्यालयसँग सहयोग मागेको छ । लेखा परीक्षण प्रतिवेदन नबुझाउने, समयपछि बुझाउने दलसँग आयोगले २०८१ वैशाख ९ गते नै स्पष्टीकरण माग गर्नुका साथै दलको लेखा परीक्षण जाँचबुझ गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित सामग्री

माओवादीद्वारा निर्वाचन, अनुशासन र लेखा आयोगको नेतृत्व चयन

नेकपा (माओवादी केन्द्र) को निर्वाचन, अनुशासन र लेखा आयोगमा नेतृत्व चयन गरिएको छ ।  आठौं महाधिवेशनअन्तर्गत प्रज्ञा भवनमा जारी बन्दसत्रबाट केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ, अनुशासन आयोगमा टंक राई र लेखा परीक्षण आयोगमा पेशल खतिवडा निर्वाचित भएका हुन् ।

माओवादी महाधिवेशन: तीन आयोगका अध्यक्ष तथा सदस्यहरू सर्वसम्मत चयन

नेकपा (माओवादी केन्द्र) ले पार्टीका तीन आयोगको नेतृत्व चयन गरेको छ । आइतवारको बन्दसत्रमा केन्द्रीय निर्वाचन आयोग, लेखा परीक्षण आयोग र अनुशासन आयोगमा अध्यक्ष तथा सदस्यहरूको नाम प्रस्ताव गरिएको थियो ।  निर्वाचन आयोगमा अध्यक्ष विष्णुपुकार श्रेष्ठ, लेखा परीक्षण आयोगमा अध्यक्ष पेशल खतिवडा र अनुशासन आयोगमा अध्यक्ष टंक राईसहित ती आयोगमा अन्य सदस्यहरू प्रस्ताव गरिएको थियो ।  सो प्रस्ताव हलले सर्वसम्मत रुपमा पारित गरेको छ ।

एमालेकै मोडलमा एकीकृत समाजवादीद्वारा आयोग गठन

नेकपा एकीकृत समाजवादीले एमालेकै मोडलमा विभिन्न आयोगहरू गठन गरेको छ । एकीकृत समाजवादीले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग गठन गरेको हो । तीनवटै आयोग ३५ सदस्यीय रहने सो पार्टीले जनाएको छ ।अनुशासन आयोगको अध्यक्षमा काभ्रेका शिवबहादुर देउजा रहेका छन् भने केन्द्रीय लेखा परीक्षण आयोगको अध्यक्षमा ताप्लेजुङका भरतकुमार श्रेष्ठ र केन्द्रीय  निर्वाचन आयोगको अध्यक्ष ललितपुरका माधव पौडेल रहेका छन् । त्यस्तै सो पार्टीले केन्द्रीय सल्लाहकार परिषद् पनि गठन गरेको छ

लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४६ दललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोग नेपालले लगातार ३ आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूलाई स्पष्टीकरणसहित सफाइ पेश गर्न समय दिएको छ ।आयोगले सोमवार आव २०७४/७५ देखि आव २०७६/७७ सम्म लगातार आयव्ययको लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ राजनीतिक दललाई ७ दिनको समय दिएको हो । लेखा परीक्षण नबुझाउने दलहरूमा राष्ट्रिय त्रिमू...