नेपाल प्रहरीद्वारा ९५ दशमलव ४६ प्रतिशत वेरुजु फर्छ्यौठ
बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आ.व. २०७६/०७७ को नेपाल प्रहरीमा कायम बेरुजुमध्ये ९५ दशमलव ४६ प्रतिशत फर्छ्यौट गरी बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ ।
मन्त्रीस्तरिय ०७७ पुस २१ गतेको निर्णय ...
हिम बाढीले हिमालवारि नेपाल र पारि तिब्बत दुवै क्षेत्र खतरामा छ । यसले पार्ने असरमा नेपाल र चीन जोड्ने सडकहरु प्रमुख देखिएका छन् । अहिले नेपाल र चीन जोड्ने मूलतः ९ वटा मुख्य सडक क्षेत्र छन् ।
काठमाडौं । धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण ३२ खर्ब नजिक पुगेको छ । फागुन २४ गते बिहीवारसम्म दोस्रो बजारको कुल पूँजीकरण ३१ खर्ब ९१ अर्ब ७५ करोड रूपैयाँभन्दा बढी कायम भएको बजार सञ्चालकले जानकारी दिएको छ । गत साता मात्र कुल पूँजीकरण ९१ अर्ब ८९ करोड रूपैयाँभन्दा बढीले बृद्धि भएको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण ३० खर्ब ९९ अर्ब ८६ करोड रूपैयाँभन्दा बढी कायम रहेको थियो ।
दोस्रो बजार १ हजार ९७२ दशमलव शून्य ९ विन्दुदेखि बढेर गत साता २ हजार ३० दशमलव ५५ विन्दुमा बन्द भएकाले कुल बजार पूँजीकरणमा समेत सकारात्मक प्रभाव परेको हो । अघिल्लो साताको तुलनामा गत साता समग्र दोस्रो बजारको कारोबार मापक नेप्से परिसूचक २ दशमलव ९६ प्रतिशत अर्थात ५८ दशमलव ४६ अंक बढेको हो । सूचनाका आधारमा उचारचढाब आउने नेपालको धितोपत्र दोस्रो बजार गत साता राजनितिक गतिविधिका समाचारबाट प्रभावित बनेको देखिन्छ । अर्थमन्त्री परिवर्तनदेखि नयाँ गठबन्धकको सरकारकाले बजारमा निकै उचारचढाब ल्यायो । साताको दोस्रो कारोबार दिन सोमवार नयाँ गठबन्धनको सरकार बन्ने भएको समाचार वाहिरिएसँगै नेप्से ६ प्रतिशत बढेर एक घण्टा ४ मिनेटको अवधिमै पुरै कारोबार दिनको लागि बन्द भएको थियो । गत साता पाँच कारोबार दिनमा नेप्से परिसूचक तीन कारोबार दिन बढेको छ । साताको पहिलो कारोबार दिन ११ दशमलव ७८ अंकले घटेको बजार दोस्रो दिन सकारात्मक सर्किट लागेसँगै मङ्गलवार भने ७० दशमलव ३१ अंकले घटेको थियो । त्यसपछिको दुई कारोबार दिन बुधवार ९ दशमलव ३३ अंक र बिहीवार १३ दशमलव ५१ अंक बजार बढेको छ ।
गत साता बजारका महत्त्वपूर्ण सबै सूचकहरू सकारात्मक बनेका छन् । कारोबार रकम १३ दशमलव ८७ प्रतिशत र कारोबार कित्ता ११ दशमलव ४६ प्रतिशत बढेको छ । त्यस्तै औसत कारोबार रकम ११ दशमलव ८७ प्रतिशत र औसत कारोबार कित्ता ११ दशमलव ४६ प्रतिशत बढेको छ । अघिल्लो साता ११ अर्ब ६१ करोड १३ लाख रूपैयाँभन्दा बढीको ३ करोड २३ लाख ३७ हजारभन्दा कित्ता धितोपत्र कारोबार भएकोमा गत साता १३ अर्ब २२ करोड १७ लाख रूपैयाँभन्दा बढीको ३ करोड ६० लाख ४४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । औसत कारोबार भने अघिल्लो साता २ अर्ब ३२ करोड २२ लाख रूपैयाँभन्दा बढीको ६४ लाख ६७ हजारभन्दा बढी कित्ता भएकोमा गत साता २ अर्ब ६४ करोड ४३ लाख रूपैयाभन्दा बढीको ७२ लाख ८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
स्रोत: नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
गत साता व्यापारिक र म्यचुअल फण्ड बाहेकका सबै समूहगत परिसूचक बढे
गत साता करिब ३ प्रतिशत बढेको बजारमा व्यापारिक र म्युचुअल फण्ड वाहेकका सबै समूहगत परिसूचक बढेका छन् । म्युचुअल फण्डको शून्य दशमलव ४५ प्रतिशत र व्यापारिकको शून्य दशमलव १२ प्रतिशत परिसूचक घटेको हो । गत साता जलविद्युत समूहको परिसूचक सबैभन्दा बढी ४ दशमलव ५१ प्रतिशत बढेको छ । त्यस्तै वित्तको ४ दशमलव ३९ प्रतिशत, लगानीको ३ दशमलव शून्य ४ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ९८ प्रतिशत, विकास बैंकको २ दशमलव ९८ प्रतिशतनै , अन्यको २ दशमलव ९० प्रतिशत, लघुवित्तको २ दशमलव ८२ प्रतिशत, होटल तथा पर्यटनको २ दशमलव ७५ प्रतिशत, बैंकिङको २ दशमलव ५७ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ३८ प्रतिशत र जीवन बीमाको २ दशमलव शून्य १ प्रतिशत परिसूचक बढेको हो । परिसूचकमा देखिएको घटबढलाई आधार मान्दा गत साताको कारोबारमा जलविद्युत समूहले सर्वाधिक कमाएका छन् भने म्युचुअल फण्डले सर्वाधिक गुमाएका छन् ।
स्रोत: नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रगति ४६ प्रतिशत पुगेको छ । आयोजनाले तीन खण्ड (प्याकेज) मा गरी ४६ दशमलव ३५ प्रतिशत प्रगति भएको जनाएको छ ।
तीन खण्डमा काम तीव्र गतिमा अगाडि बढिरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले बताए। उनका अनुसार प्याकेज एकमा २५, प्याकेज दुईमा ४७ र प्याकेज तीनमा ६९ प्रतिशत प्रगति हासिल भएको छ ।
आयोजनाले विसं २०७५ देखि काम शुरू गरेको थियो । शिल्पकारले भने, 'तीनवटै प्याकेजको काम तीव्र गतिमा भइरहेको छ । आयोजनाको प्रगति सन्तोषजनक रहेको छ ।' आयोजनाको कामलाई निर्धारित मिति सन् २०२६ मै सम्पन्न गर्ने लक्ष्यसहित कामलाई अगाडि बढाइएको उनको भनाइ थियो ।
आयोजनाको महत्वपूर्ण काम रहेको बाँध निर्माण सोमबारदेखि शुरू गरिएको शिल्पकारले जानकारी दिए । 'त्यसका लागि सेती नदी फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमाना भएर बग्ने सेती नदीलाई एक सय ४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट छ सय २६ दशमलव ९२ मिटर लामो शुरूङ निर्माण गरी फर्काइएको छ', उनले भने ।
डाइभर्सन शुरूङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको आयोजना प्रमुख शिल्पकारले बताए। 'बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्वपूर्ण मानिन्छ । सन् २०२१ बाट निर्माण शुरू भएको डाइभर्सन टनेल हालै निर्माण सम्पन्न भएपछि नदी फर्काउने काम गरिएको हो । सेती नदी अब सोही डाइभर्सन टनेलभएर बग्नेछ', उनले भने ।
मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध (कफर ड्याम) निर्माण गरिने छ । उक्त बाँध आगामी मनसुन शुरू हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको आयोजना प्रमुख शिल्पकारले बताए। उनले भने, 'नदी फर्काइएपछि अब बाँध निर्माणका लागि काम गर्न सहज हुन्छ । बाँध निर्माणका लागि जग खन्ने काम पनि अब शुरू हुन्छ ।'
आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्र) लि नेपाल जेभीसँगको ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेबाट कार्यान्वयनमा आएको थियो ।
निर्माण व्यवसायीले हाल अर्को डाइसर्भन शुरूङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा बायाँतर्फबाट पहाड (स्लोप) काट्ने कार्य गरिरहेको छ । उक्त कार्यको प्रगति करिब ५४ प्रतिशत छ ।
आयोजनाको शुरूङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गतेखरिद सम्झौता भएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण कार्य शुरू गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले विसं २०७५ माघ ६ देखि आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।
भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायतका उपकरण जडान भइरहेको छ । टेलरेस शुरूङ निर्माण सम्पन्न भएको छ मुख्य शुरूङ खनिरहेको छ । यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ ।
प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता विसं २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो । ३४ दशमवल सात किमी प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ टावरको जग हालिएको छ भने ३३ टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको छ ।
आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सवस्टेसनसम्म विद्युत् पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरुमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजना प्रमुख शिल्पकारले जानकारी दिए । रासस
नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण भएका छन्। असोज १० देखि १२ सम्म भएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ४६ प्रतीशत उत्तीर्ण भएका हुन्।
२१ चैत, काठमाडौं । नेपाल इन्जिनियरिङ परिषदले पहिलो पटक लिएको लाइसेन्स परीक्षामा जम्मा २८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएपछि नेपालको इन्जिनियरिङ शिक्षाको गुणस्तरमा प्रश्न उठेको छ । परिषदले लिएको लाइसेन्स परीक्षामा इन्जिनियरिङ विषयको २० विधाको नतिजाअनुसार त्रिविका १०० मध्ये ४६ जना (४६ प्रतिशत), पूर्वाञ्चल विश्वविद्यालयका ४७१ मध्ये १४२ जना (२९.९४ प्रतिशत), पोखरा विश्वविद्यालय अध्ययन गरेका एक […]
१८ वर्षदेखि वैदेशिक रोजगारीमा रहेको स्याङ्जा पुतलीबजारका सुरेन थापा हरेक दुई वर्षमा नेपाल आउँछन् । साउदीबाट प्रत्येकपटक आउँदा नेपालमै केही गर्छु भन्ने उनको सोच हुन्छ । तर, नेपालमा गर्नलायक केही नभेटिएपछि पुनः...
नेपाल फार्मेसी परिषदले लिएको १८ औँ नाम दर्ता परीक्षा (लाइसेन्स) को ब्याचलर इन फार्मेसीमा २० प्रतिशत मात्र उत्तीर्ण भएका छन्। डिप्लोमा इन फार्मेसीमा उत्तीर्ण हुनेको संख्या ४६ प्रतिशत छ।
नेपाल फार्मेसी परिषदले लिएको १८ औँ नाम दर्ता परीक्षा (लाइसेन्स) को ब्याचलर इन फार्मेसीमा २० प्रतिशत मात्र उत्तीर्ण भएका छन्। डिप्लोमा इन फार्मेसीमा उत्तीर्ण हुनेको संख्या ४६ प्रतिशत छ।
काठमाडौं । मञ्जुश्री फाइनान्सले ४६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । शुक्रबार बिहान बसेको फाइनान्स संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ४६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
मञ्जुश्रीले ४० प्रतिशत वोनस सेयर र ६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । फाइनान्सको उक्त प्रस्तावअनुसारको लाभांश नेपाल राष्ट्र बैंकको...
नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५४ प्रतिशत डाक्टर पास भएका छन् । काउन्सिलले २६ फागुन (शनिबार)मा लिएको परीक्षामा ४६ प्रतिशत डाक्टर फेल हुँदा विशेषज्ञताको लाइसेन्स लिनबाट वञ्चित...पूरा पढ्नुहोस् »