धनगढी डिपोमा डिजेल मिसावट घटना : ट्यांकर र चालक निलम्बन, कर्मचारीलाई उन्मुक्ति
पेट्रोल बोकेको ट्यांकरमा डिजेल मिसावट भेटिएको घटनामा आयल निगमले सम्बन्धित कर्मचारीलाई जोगाएर ट्यांकर र चालकलाई कारबाही गरेको छ । निगमले तीन महिनासम्म पेट्रोलियम पदार्थ बोक्न नपाउने गरी ट्यांकर र चालकलाई निगमले...
टोकियो– जापानी समुद्रमा ११ जना चालकदलका सदस्यसहित चलिरहेको दक्षिण कोरियाली रासायनिक ट्यांकर समुद्रमा पल्टिँदा सात जना बेपत्ता भएको जापानी टेलिभिजन एनएचकेले बुधबार जनाएको छ । दुई कोरियाली, आठ इन्डोनेसियाली र एक चिनियाँ चालक दलका सदस्यसहित समुद्री मार्गबाट आफ्नो गन्तव्यमा हिँडिरहेका समय भएको दुर्घटनामा परेका चार जनालाई अहिलेसम्म उद्धार गरिएको एनएचकेले जनाएको छ । एनएचकेले दिएको […]
काठमाडौं : काठमाडौंको रत्नपार्कस्थित महांकाल मन्दिरमा पानी ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते भएका छन्।ट्यांकर ठोक्किंदा महांकाल मन्दिरको भित्तामा पनि क्षति पुगेको छ। त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर आज बिहान मन्दिरको भित्तामा ठोक्किएको काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाहपथले जनाएको छ।सिटमै च्यापिएका चालकलाई प्रहरीले उद्धार गरेर नजिकैको ट्रमा सेन्टर पुर्याएको थियो। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
२४ फागुन, काठमाडौं । नेपाल आयल निगमले डिजेलमा मिसावट गर्ने चार वटा ट्यांकरका चालकलाई बर्खास्त गरेको छ । मंगलबार बसेको निगम व्यवस्थापन बैठकले आजीवन इन्धन ढुवानीमा संलग्न हुन नपाउने गरी चार वटा ट्यांकरका चालक र सहचालकलाई बर्खास्त गरेको हो । डिजेलमा मिसावट गरेर निगमलाई क्षति गराउने ८ जना ट्यांकर चालक र सहचालकलाई बर्खास्त गर्दै आजीवन […]
पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेववेशी–गजुरी सडक खण्डमा बस र तेल ट्यांकर ठोक्किएको छ । काठमाडौंबाट दाङ जाँदै गरेको ना.६ ख १२८५ नम्बरको बस र काठमाडौं आउँदै गरेको ना.७ ख ४२१३ नम्बरको ट्यांकर ठोक्किएर दुर्घटना हुँदा सो क्षेत्रमा अत्यासलाग्दो जाम भएको छ । बसले ट्यांकरलाई ओभर टेक गर्ने क्रममा दुर्घटना हुँदा दुई जना घाइते भएका इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर डबल बहादुर बमले रातोपाटीलाई बताए । बसमा सवार नारायणप्रसाद रिजाल र २७ वर्षीय कृष्ण विक घाइते भएका हुन् । रिजालको नाक र
हेटौंडा : हेटौंडा उपमहानगरपालिका-९ मा ट्यांकर र बस ठोक्किँदा १६ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्रबार हेटौंडा-९ पशुपतिनगरमा ट्यांकर र बस ठोक्किएर १६ जना घाइते भएका हुन्।बाराबाट हेटौंडातर्फ आउँदै गरेको लु २ ख २७५८ नम्बरको डिजेल बोकेर आएको ट्यांकर र नारायणगढबाट बीरगंज तर्फ जाँदै गरेको बा ८ ख ६३४६ नं को बस ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।दुर्घटनामा बारातर्फ जाँदै गरेको लु ८६ प ६१३० नम्बरको मोटरसाइकलसमेत बसको पछाडि ठोक्किँदा ३ वटै सवारीका चालक, बसमा
मोरङ– मोरङ प्रहरीले नेपाल आयल निगमका पूर्व चालक श्रवणकुमार यादवलाई २० लाख रुपैयाँभन्दा बढीको डिजल भरिएको ट्यांकरसहित पक्राउ गरेको छ। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार सोमबार बिहान करिब पौने २ बजे २६ वर्षीय यादवलाई ट्यांकर चोरीमा संलग्न भएको आरोपमा पक्राउ गरेको बताए। विराटनगर–४ मा रहेको निगमको पार्किङ क्षेत्रबाट डिजलले भरिएको ना […]
कोरोना भाइरसविरुद्धको खोप दिन सरकार सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्यांकर चालकहरूको आन्दोलन फिर्ता भएको छ । नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको हो । खोप लगाउने भएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । “बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति […]
काठमाडौं । ट्यांकर चालक र सह–चालकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने सहमति भएको छ । खोप गाउने हसमति भएसँगै ट्यांकर चालकले आन्दोलन फिर्ता लिएका छन् ।
नेपाल आयल निगम व्यवस्थापन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम ट्यांकर चालक संघका प्रतिनिधिबीच ट्यांकर चालक, सह–चालकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने सहमति भएको नेपाल...
काठमाडौं : खोप उपलब्ध नगराएको भन्दै पेट्रोलियम ट्यांकर चालकले ढुवानी ठप्प पारेका छन्। ढुवानी ठप्प हुँदा काठमाडौं उपत्यकाका केही पम्प बन्द हुन थालेका छन्।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघको अगुवाइमा आइतबारदेखि अमलेखगंज र काठमाडौंमा तेल ढुवानी बन्द भएको हो। संघले चालकलाई खोप नदिएसम्म तेल ढुवानी नगर्ने अडान लिएपछि निगमका कार्यकारी…
कोरोना भाइरस विरुद्धको खोप नलगाइदिएको भन्दै ट्यांकर चालकले आन्दोलन गरेपछि बागमती प्रदेशमा पेट्रोलियम ढुवानी अवरुद्ध भएको छ ।नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा संघको बागमती प्रादेशिक कार्यालय थानकोटबाट जिल्ला र पम्पहरुमा हुने पेट्रोलियम ढुवानी आइतबारदेखि रोकिएको हो । खोप नलगाइदिएको भन्दै चालकको आन्दोलनका कारण प्रादेशिक डिपोमा अमलेखगञ्ज डिपो र बरौनीबाट हुने ढुवानीसमेत अवरुद्ध भएको छ […]