कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्ति गर्न परामादेश माग गरिएको रिटमाथिको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्व महान्यायाधिवक्ता अग्नि खरेललाई लगातार ६ वटा प्रश्न गरेका छन् । संवैधानिक इजलासमा बिहीवारको सुनुवाइका क्रममा प्रधानन्यायाधीश जबराले धारा ७६ (५) मा सांसदहरू स्वतन्त्र रहन्छन् कि रहँदैनन् भन्नेबारे प्रश्न गरेका हुन् ।
बहसका क्रममा विपक्षी प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गरेका खरेलले धारा ७६ (३)को प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना न...