काठमाण्डाै - ललितपुरको गोदावरी नगरपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क रूपमा उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्ने भएको छ ।
गोदावरी नगरपालिकामा ७० वर्ष नाघेका व्यक्तिलाई आजदेखि अर्को सोमवारसम्म नि:शुल्क रुपमा उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्न लागेको नगरपालिकाले जानकारी दिएको छ । गोदावरीको हरेक वडामा बिहान ११ देखि दिउँसो साढे ३ बजेसम्म औषधि वितरण गरिने छ ।
औषधिका लागि डाक्टरले दिएको प्रेस क्रिप्सन र ज्येष्ठ नागरिक परिचय पत्र लैजानु पर्ने कार्यक्रमका फोकल पर्सन टीका केसीले बताउनुभयो ।