नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयबाट न्यून मूल्याङ्कन गरेर भन्सार जाँचपास गराई राजस्व छलेर ठूलो परिमाणमा मालसामान भित्रिने गरेको खुलेको छ।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरी बाँकेको टोलीले भारतबाट आएको एक कन्टेनरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा न्यून मूल्याङ्कनमा भन्सार जाँचपास भएका मालसामान फेला परेपछि सो खुलेको हो। सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरी बाँकेका प्रमुख एसपी रमेशविक्रम शाहीका अनुसार भन्सार कार्यालय पार गरेर भारतबाट न