नेकपा (माओवादी केन्द्र) का नवनियुक्त महासचिव देवप्रसाद गुरुङले आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा एक/दुई दिनभित्रै सिट बाँडफाँटको टुङ्गो लाग्ने बताएका छन् ।उनले अहिले त्यसको लागि गठबन्धनका शीर्ष नेताहरूबीच छलफल चलिरहेको सुनाए । राजधानीमा आयोजित साक्षात्कारमा उनले भने,‘अहिले सिट बाँडफाँटबारे गठबन्धनमा गृहकार्य चलिरहेको छ । शीर्ष नेताहरूबीच पनि छलफल चलिरहेको छ । कार्यदलले पनि पर्याप्त होमवर्क गरेर काम गरेको छ । शीर्ष नेताहरूसँग अन्तरकुन्तर गृहकार्य चलिरहेको छ भनेर कार्यदल