काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगिकन टुङ्गिएको बताउनुभयो । पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै उहाँले माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको बताउनुभयो ।उहाँले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बन...