कोरोना संक्रमणबाट बच्नका लागि सरकारले गरेको लकडाउनका कारण स्थानीय तहले विपन्न परिवारलाई राहत वितरण गरेका हुन । विपन्न परिवारको जीविका सञ्चालनका लागि राहत प्रदान गरिएको स्थानीय तहले बताएका छन् ।
जिल्लाका नौ स्थानीय तहअन्तर्गत एक गाउँपालिकाबाहेक सबैले राहतलाई प्राथमिकता दिएका छन् । ऐरावती गाउँपालिकाले राहत प्याकेजलाई अगाडि बढाएको छैन ।