कोभिड-१९ परीक्षणका लागि प्रधानमन्त्री देउवाको स्वाब संकलन

प्रधानमन्त्री शेरबहादुर देउवाको कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन गरिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मी प्रधानमन्त्री निवास बालुवाटार गएर देउवाको स्वाब संकलन गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा बसेका थिए । गत शुक्रवार सत्तारूढ गठबन्धनको बैठक बस्दा देउवा र प्रचण्डको बीचमा भेट भएको थियो । प्रचण्डलाई कोरोना संक्रमण भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । ...