काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् । स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासङ्घमा मिलनराज तुलाधर र डेनमार्कमा प्रा.डा.रामस्वार्थ रायलाई राजदूत नियुक्त भएका हुन् । मन्त्रिपरिषद्ले राजदूतमा सिफारिस गरेपछि उनीहरूको नाम संसदीय सुनुवाइ समितिले सुनुवाइपछि नियुक्तिका लागि अनुमोदन गरेको थियो । त्यस्तै भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद […]