इजिप्ट र अष्ट्रियाका लागि राजदूत नियुक्त

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त गरेकी छन्। उनले इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साल र अष्ट्रियाका लागि आवासीय राजदूतमा भरतकुमार रेग्मीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। आचार्यका अनुसार सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरुलाई राजदूतमा नियुक्त गरेकी हुन्। ‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा […]