राष्ट्रपति विद्यादेवी भण्डारीले दुई मुलुकका लागि राजदूत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले शुक्रबार गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् ।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ प्रा श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोको गैह्रआवासीय र तीर्थराज वाग्लेलाई बहराइनका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।