सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन निरन्तरता दिने निर्णय गरिसकेको छ। कांग्रेसले आफ्नो स्पष्ट बहुमतसहित गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेपछि भागबण्डामा दलको कुरा अल्झिएको छ। कांग्रेसको औपचारिक निर्णय कुरेर बसेका सत्ता घटकका अन्य दलको ध्यान अब निर्वाचनका लागि अब सिट बाँडफाँडतर्फ मोडिएको छ। स्थानीय तहमै कांग्रेसले धोका दिएको आरोप लगाउँदै आएका एकीकृत समाजवादी र जनता समाजवादी पार्टी पनि अझै गठबन्धनकै पक्षमा छन्। गठबन्धनमा जटिलता बढेपछि कांग्र