नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्याङ्जा जिल्ला चापाकोट नगरपालिका–९ स्थित पार्टीका सक्रिय बौद्धिक व्यक्तित्व अधिवक्ता टीकाराम देवकोटाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा सक्रिय योगदान गर्नुभएका देवकोटाको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको सभापति देउवाले शोक वक्तव्यमा उल्लेख गर्नुभएको छ । कांग्रेसमा आबद्ध देवकोटाको मष्तिष्काघातको उपचारका क्रममा ५९ वर्षको उमेरमा मङ्गलबार वयोधा …