वामदेवपत्नी तुलसा थापा पनि माधव नेपालपक्षीय सांसदको भेला स्थलमा

एमाले विभाजनको संघारमा पुग्दा उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा थापा पनि माधव नेपाल पक्षको भेला स्थलमा पुगेकी छन् । अर्याल होटलमा जारी माधव नेपालपक्षीय सांसदहरूको भेलामा तुलसा पनि पुगेकी हुन् । उनले नेता नेपाललाई भेट्नका लागि आएको बताइन् । पार्टी विवादमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल दुवै पक्षमा नलागी एकता अभियान चलाएका वामदेवकी पत्नी नेपाल पक्षको भेला स्थलमा पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अर्याल होटलमा प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिएका २२ सांसद उपस्थित छन् । सरक...

सम्बन्धित सामग्री

माधव-झलनाथले जबज नमाने वामदेव गौतम नेकपा एसमा नजाने

काठमाडौं । माधव नेपाल र झलनाथ खनालले खोलेको नयाँ पार्टीमा जाने घोषणा गरेका एमाले उपाध्यक्ष वामदेव गौतमलाई एमालेले पनि जिम्मेवारीविहीन अवस्थामा राखेको छ । वामदेव पत्नी तुलसा थापा नेकपा एसले निर्वाचन आयोगबाट मान्यता पाउने दिन सनाखतका लागि निवेदन लिएर गए पनि कार्यालय समय सकिएको भन्दै दर्ता भएको थिएन ।उनी कानूनी रुपमा एमालेकै सांसद छिन् । […]

माधव नेपालका ४ सांसद एमालेमै छुटेका हुन् ?

माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को पक्षमा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका ४ सांसदको हस्ताक्षर सनाखत गर्न आयोगले अस्वीकार गरेको छ । सांसदहरू सोमप्रसाद पाण्डे, तुलसा थापा, माया ज्ञवाली र शारदादेवी भट्टको हस्ताक्षर दल दर्ताका लागि निवेदन दिँदाका बखत समावेश नभएको उल्लेख गर्दै निर्वाचन आयोगले सनाखत गर्न अस्वीकार गरिदिएको हो । यससँगै उनीहरू माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा जान पाउने कि नपाउने भन्ने अन्योल सिर्जना भएको छ । हस्ताक्षर गर्न नपाएकामध्ये पाण्डे माधव नेपालका सम्धी, थापा वामदे...

नेपाल पक्षको बैठकमा पुगेका तुलसा थापा र माया ज्ञवाली फेरि ‌ओली पक्षको बैठकमा

काठमाडौँ- एमालेका माधव नेपाल पक्षीय भेलामा सहभागी हुन राजधानीको अर्याल होटल पुगेका एमाले सांसदहरु माया ज्ञवाली र तुलसा थापा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेकपा संसदीय दलको बैठकमा पनि सहभागी भएका छन्। दुवै नेतृहरु संघीय संसद भवनको ल्होत्से बैठकमा आयोजना भइरहेको एमाले संसदीय दलको बैठकमा सहभागी भएको नेतृ शान्ता चौधरीले जानकारी दिइन्। माधव नेपाल पक्षका […]

एमाले संसदीय दलको बैठक बस्दै, राष्ट्रियसभाका माधवपक्षीय सांसदहरू पनि बैठकस्थलमा

काठमाडौं । नेकपा एमाले विभाजनका अन्तिम प्रक्रिया चलिरहेका बेला सांसदहरुको ओहोर-दोहोर पनि चलेको छ । माधवपक्षीय बैठकमा माया ज्ञवाली र तुलसा थापा गएलगत्तै उता एमाले संसदीय दलको बैठकमा राष्ट्रियसभामा माधवपक्षीय सांसदहरू सहभागी भएका छन् । संसद भवनमा बोलाइएको संसदीय दलको बैठकमा सहभागी हुन माधव नेपाल पक्षका सांसदहरु परशुराम मेघी गुरुङ, ठगेन्द्र प्रकाश पुरी, सिंहबहादुर तामाङलगायत […]

सांसदहरूसँग छलफल गर्दै माधव नेपाल, बामदेवपत्नी तुलसा पनि सहभागी

एमालेका असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षका सांसद र केही नेताहरू छलफलमा जुटेका छन् । भेलामा उपाध्यक्ष बामदेव गौतम पत्नी तुलसा थापा र अर्की सांसद माया ज्ञवाली पनि उपस्थित छन् ।

माधव पक्षमा २४ सांसद खुले, वामदेवपत्नी र माया ज्ञवाली पनि थपिए

आजैबाट यसअघि केपी ओलीलाई साथ दिएका वामदेव गौतम पत्नी तुलसा थापा र माया ज्ञवाली पनि माधव नेपाल पक्षमा लागेका छन् । अर्याल होटलका बैठकमा उनीहरु दुवैजना सहभागी छन् ।

तुलसा र मायाले गरे गुट परिवर्तन, माधव पक्षमा २५ सांसद पुगे

काठमाडौं, १ भदौ । नेकपा एमाले विभाजन हुनलाग्दा केन्द्रीय सदस्य र सांसदहरुले धमाधम गुट परिवर्तन गर्न थालेका छन् । आज अध्यक्ष केपी शर्मा ओली पक्षका २ सांसदले गुट परिवर्तन गरेका छन् । समानुपातिकतर्फ निर्वाचित तुलसा थापा र माया ज्ञवालीले गुट परिवर्तन गरेका छन् । उनीहरु माधव नेपाल पक्षको भेलामा सहभागी भएका छन् । तुलसा थापा […]