नेपाल पक्षको बैठकमा पुगेका तुलसा थापा र माया ज्ञवाली फेरि ‌ओली पक्षको बैठकमा

काठमाडौँ- एमालेका माधव नेपाल पक्षीय भेलामा सहभागी हुन राजधानीको अर्याल होटल पुगेका एमाले सांसदहरु माया ज्ञवाली र तुलसा थापा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेकपा संसदीय दलको बैठकमा पनि सहभागी भएका छन्। दुवै नेतृहरु संघीय संसद भवनको ल्होत्से बैठकमा आयोजना भइरहेको एमाले संसदीय दलको बैठकमा सहभागी भएको नेतृ शान्ता चौधरीले जानकारी दिइन्। माधव नेपाल पक्षका […]

सम्बन्धित सामग्री

कबड्डी सङ्घको अध्यक्षमा तुलसा थापा

अखिल नेपाल कबड्डी सङ्घको बुधबार काठमाडौँमा सम्पन्न अधिवेशनले तुलसा थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घको उपाध्यक्षमा कुमार आले र रतिया राजवंशी निर्वाचित हुनुभएको छ । त्यसैगरी महासचिवमा अरबिन्दकुमार झा, सचिवमा तर्कराज भट्ट र कोषाध्यक्षमा कृष्णदेव पन्त निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमा तेजबहादुर विष्ट, निराजन श्रेष्ठ, जनक चौधरी, जयबहादुर बोहरा, विन्दु थापामगर, …

सरकारको तथ्यांक विश्वसनीय हुनुपर्नेमा सांसदहरूको जोड

सांसदहरूले देशको तथ्यांक विश्वसनीय र गोपनीय हुनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा तथ्यांक विधेयकमाथि दफावार छलफलमा भाग लिँदै सांसदहरूले देशको तथ्यांक गोपनीय र विश्वसनीय हुनुपर्ने बताएका हुन् ।एमाले सांसदहरू विद्या भट्टराई, कुमारी तुलसा थापा, खगराज अधिकारी, नवराज सिलवालले तथ्यांक ऐन आवश्यक रहेको भन्दै विश्वसनीय बनाउनुपर्ने बताए । अहिलेसम्म राष्ट्रिय योजना आयोग मातहतमा रहँदै आएको केन्द्रीय तथ्यांक विभागलाई स्वायत्त बनाउन तथ्यांक विधेयक आउनु स्वागतयोग्य भएको उनीहरूको भनाइ थियो ।गृहमन्

वामदेवको पार्टीमा श्रीमती र छोरा सहित ६९ केन्द्रिय सदस्य रहने

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्दै छन् । श्रीमती तुल्सी (तुलसा) थापा र छोरा हरिषदेव गौतम सहित ६९ सदस्यीय केन्द्रीय सदस्य हुने भएका छन् । पार्टीको अध्यक्षमा वामदेव आफैँ रहनेछन् । त्यस्तै सचिवमा डिबी कार्की रहने बताइएको छ ।

वामदेवको पार्टीमा छोरा र श्रीमती पनि केन्द्रीय सदस्य ! (सूचीसहित)

वामदेव गौतम नेतृत्वको नेकपा एकता केन्द्रीय समन्वय समितिमा ७० जना केन्द्रीय समिति सदस्य हुने भएका छन् । जसमा गौतमपत्नी तुल्सी (तुलसा) थापा र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य रहेका छन् । रातोपाटीलाई प्राप्त केन्द्रीय समिति सदस्यको सूचीअनुसार प्रतिनिधिसभा सदस्य समेत रहेकी थापालाई केन्द्रीय कमिटी सदस्यको दोस्रो नम्बरमा राखिएको छ । यस्तै गौतमका छोराको नाम केन्द्रीय कमिटी सदस्यको पाचौँ नम्बरमा छ । गौतमले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गर्दैछन् । केन्द्रीय समिति

वामदेवको पार्टीमा खुलेकी तुलसाले भनिन्, 'केपी कमरेडले कारबाही गरे भोग्न तयार छु'

नेकपा एमालेबाट सांसद भएकी तुलसा थापा नेकपा एकता राष्ट्रिय अभियानमा खुलेकी छन् । थापा मंगलबार घोषणा हुन लागेको गौतम नेतृत्वको पार्टीको केन्द्रीय सदस्यमा समेटिएकी हुन् ।  एमालेबाट समानुपातिक सांसद रहेकी उनी आफ्ना श्रीमानको नेतृत्वमा रहेका  पार्टीमा खुलेसँगै सांसद पद धरापमा पर्ने देखिएको छ । यहीबीचमा रातोपाटीसँग कुरा गर्दै थापाले आफू तत्कालीन नेकपालाई एक बनाउन लाग्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरे भोग्न तयार भएको प्रतिक्रिया दिइन् । ‘यो नेकपा एकता राष्ट्रिय अभि

वामदेव गौतम दम्पतीलाई कोरोना

नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोनाभाइरस संक्रमण भएको छ । वामदेव र उनकी पत्नी तुलसा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश दाहालले जानकारी दिएका छन् । ‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् ।

माधव नेपालका ४ सांसद एमालेमै छुटेका हुन् ?

माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को पक्षमा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका ४ सांसदको हस्ताक्षर सनाखत गर्न आयोगले अस्वीकार गरेको छ । सांसदहरू सोमप्रसाद पाण्डे, तुलसा थापा, माया ज्ञवाली र शारदादेवी भट्टको हस्ताक्षर दल दर्ताका लागि निवेदन दिँदाका बखत समावेश नभएको उल्लेख गर्दै निर्वाचन आयोगले सनाखत गर्न अस्वीकार गरिदिएको हो । यससँगै उनीहरू माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा जान पाउने कि नपाउने भन्ने अन्योल सिर्जना भएको छ । हस्ताक्षर गर्न नपाएकामध्ये पाण्डे माधव नेपालका सम्धी, थापा वामदे...

तुलसा र मायाले गरे गुट परिवर्तन, माधव पक्षमा २५ सांसद पुगे

काठमाडौं, १ भदौ । नेकपा एमाले विभाजन हुनलाग्दा केन्द्रीय सदस्य र सांसदहरुले धमाधम गुट परिवर्तन गर्न थालेका छन् । आज अध्यक्ष केपी शर्मा ओली पक्षका २ सांसदले गुट परिवर्तन गरेका छन् । समानुपातिकतर्फ निर्वाचित तुलसा थापा र माया ज्ञवालीले गुट परिवर्तन गरेका छन् । उनीहरु माधव नेपाल पक्षको भेलामा सहभागी भएका छन् । तुलसा थापा […]

वामदेवपत्नी तुलसा थापा पनि माधव नेपालपक्षीय सांसदको भेला स्थलमा

एमाले विभाजनको संघारमा पुग्दा उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा थापा पनि माधव नेपाल पक्षको भेला स्थलमा पुगेकी छन् । अर्याल होटलमा जारी माधव नेपालपक्षीय सांसदहरूको भेलामा तुलसा पनि पुगेकी हुन् । उनले नेता नेपाललाई भेट्नका लागि आएको बताइन् । पार्टी विवादमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल दुवै पक्षमा नलागी एकता अभियान चलाएका वामदेवकी पत्नी नेपाल पक्षको भेला स्थलमा पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अर्याल होटलमा प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिएका २२ सांसद उपस्थित छन् । सरक...