कोरोना नियन्त्रण प्रभावकारी रूपमा गर्नका लागि प्रधानमन्त्रीले नेतृत्व लिनुपर्ने सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले बताएका छन् । मन्त्रालयबीच समन्वय अभाव रहकाले सरकारले प्रभावकारी रूपमा कोरोना नियन्त्रणका कदम चाल्न नसकेको भन्दै भट्टराईले कोरोना नियन्त्रणको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने सुझाव दिएका हुन् ।