काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले अबको दश वर्षमा यूवापुस्ताले देश विकास गर्नुपर्ने बताएका छन्। बुधबार ज्ञानकुञ्ज एजुकेशन फाउन्डेसन प्रा.लिको भवन शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यो अवधिभित्र समस्याहरुलाई पन्छाउदै विकास र प्रगतितिर अघि बढ्नुपर्ने बताए। देशको भ्रष्टाचार, राजनैतिक समस्याले युवाहरु निराश भएको भन्दै उनले अब त्यस्तो नैराश्यता पैदा हुन नदिने आश्वासन समेत दिए।