काठमाडौं, फागुन २ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोगको काउन्टरमा एमालेले संसद् विघटन बदरको फैसला गर्ने चार न्याधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी गरेको छ। एमाले नेता अग्नि खरेलले काउन्टर महाभियोगबारे पार्टीमा छलफल हुन सक्ने बताए । एमालेसँग सल्लाह नगरी महाअभियोगको प्रस्ताव दर्ता गर्नमा राजनीतिक उद्देश्य देखिएकाले यसको राजनीतिक जवाफ आउन सक्ने खरेलको भनाइ छ । […]