भारततर्फ निकासी गर्ने गरी यहाँ संकलन गरिएको जडीबुटी निकासी हुन नसक्दा सड्ने अवस्थामा पुगेको छ । दुई वर्षअघि यहाँ खरिद गरी भारत निकासी गर्न तयार गरिएको ७ सय टन जडीबुटी कुहिने अवस्थामा पुगेको हो । भारत सरकारले नेपालको ल्याबलाई मान्यता दिए पनि सेन्टर ल्याब ठीक नहुँदा जडीबुटी सूचीकृत हुन नसक्दा निर्यात रोकिएको छ ।