काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन्। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए। उनका अनुसार भारतको नयाँदिल्लीबाट […]
काठमाडौं । शनिवार (हिजो) रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तरराष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए । उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन् । साथै अन्य अन्तरराष्ट्रिय उडानहरू पनि सामान्य प्रभावित भएको उनले जानकारी दिए ।
विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौंबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाडौं–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ । विमानस्थलका अनुसार बुद्ध एयरका काठमाडौं–पोखरा रुटका तीन ओटा र बुद्ध एयरकै काठमाडौं–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवारसम्म देशभर वर्षा जारी रहने अनुमान गरेको छ । रासस
२ कात्तिक, काठमाडौं । निरन्तर वर्षाका कारण आन्तरिक विमानस्थलहरुमा मौसम बिग्रिएपछि हवाई उडान प्रभावित भएको छ । विमानस्थल कार्यालयका अनुसार मंगलबार बिहानका लागि निर्धारित लुक्लाका अधिकांश उडान रद्द भएका छन् । विराटनगर र जनकपुर विमानस्थल भर्खरै खुलेका छन् । झापाको भद्रपुर विमानस्थल र पोखरा विमानस्थल भर्खरै खुलेसँगै उडान शुरु भएको छ । उचाई चलचित्रको सुटिङमा […]
मौसम खराबीले भिजिविलिटी नपुग्दा पोखराबाट हुने हवाई सेवा प्रभावित भएको छ । वर्षाका कारण सोमबार दिनभर बन्द रहेको पोखरा विमानस्थल मंगलबार दिउँसो मात्र खुलेको छ ।...