कुनै व्यवधान नआए अबको ३ महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरू हुनेछ । लामो समय कोरोना महामारीले पोखराको पर्यटन क्षेत्र प्रभावित बनेको बेला अंग्रेजी नयाँ वर्ष २०२२ शुरूसँगै पर्यटनले छलाङ मार्नेमा पोखरेली आशावादी छन् ।
पोखरा विमानस्थल प्रमुख विक्रम गौतम भन्छन्, ‘२०२२ जनवरीदेखि घरेलु उडान हुनेछ । त्यसको १ वर्षमै अन्तर्राष्ट्रिय उडान भर्ने हाम्रो लक्ष्य छ ।’
विमानस्थल स्थानान्तरण तथा सञ्चालन तयारी गर्न गठित कार्यदलका संयोजक समेत रहेका विमानस्थल प्रमुख गौतमले जनवरी १ देखि आन्तरिक उड...