अफगान राष्ट्रिय ध्वजावहाक विमानद्वारा आन्तरिक उडान पुनः सुरु

अफगानिस्तानको ध्वजावाहक विमान एरियाना अफगान एयरलाइन्सले तालिवान समूहले अफगान राजधानी कब्जा गरेसँगै अवरूद्ध बनेका आन्तरिक उडान पुनः सञ्चालनमा ल्याएको स्थानीय टेलिभिजन च्यानलले आइतबार जनाएको छ ।  “एरियाना अफगान एयरलाइन्सले काबुलबाट हराट, मजार–आई–शरिफ र कान्दाहर शहरहरू सम्मको उडान पुनः सुरु गरेको छ,” टोलोन्युजले आफ्नो समाचार बुलेटिनमा उल्लेख गरेको छ ।अगस्ट महिनाको अन्त्यमा अमेरिकी सेना बाहिर निस्किएदेखि घरेलु उडानको पुनः आरम्भ गर्ने पहिलो स्थानीय एरियाना अफगान एयरलाइन्स

सम्बन्धित सामग्री

ढल्दै राष्ट्रिय ध्वजावाहक : आन्तरिक उडान बन्द, अन्तर्राष्ट्रिय अस्तव्यस्त

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम यतिबेला महासंकटको अवस्थाबाट गुज्रिएको छ।

ढल्दै राष्ट्रिय ध्वजावाहक : आन्तरिक उडान बन्द, अन्तर्राष्ट्रिय अस्तव्यस्त

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम यतिबेला महासंकटको अवस्थाबाट गुज्रिएको छ।

आन्तरिक उडान नियमितरुपमा सञ्चालन हुने

काठमाडौं । वायुसेवा सञ्चालकले सबै आन्तरिक उडान नियमित गर्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गए राति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गर्ने भएका हुन् । वायुसेवा सञ्चालक सङ्घले आज बिहान ११ बजेपछि सबै उडान सञ्चालन गर्ने जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक […] The post आन्तरिक उडान नियमितरुपमा सञ्चालन हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने

काठमाडौं । अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने निर्णय गरेको हो । प्राधिकरणले तारा एयरको विमान दुर्घटना भएसँगै यस्तो निर्णय गरेको हो । अबदेखि उड्ने र पुग्ने स्थानको मौसम सफा हुनुपर्नेछ । दुवै ठाउँको मौसम सफा नभएको खण्डमा […] The post अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

निर्वाचनको दिन आन्तरिक उडान बन्द

काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको दिन उद्धार उडान, मानवीय सहायता एवं सरकारको निर्देशनमा हुने उडानबाहेक सबै आन्तरिक हवाई उडान बन्द हुने भएको छ । निर्वाचन आयोगले जारी गरेको सवारी आवगन तथा व्यवस्थापनसम्बन्धी मापदन्ड–२०७९ जारी गरेसँगै आइतबार विज्ञप्तिमार्फत आन्तरिक वायुसेवा प्रदायक कम्पनीको छाता संस्था वायुसेवा सञ्चालक संघ नेपालले आफ्ना यात्रुलाई निर्वाचनको दिन […] The post निर्वाचनको दिन आन्तरिक उडान बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक.

त्रिभुवन विमानस्थलमा भेटिएन शंकास्पद वस्तु, आन्तरिक उडान सुरू

काठमाडौं । त्रिभुवन विमानस्थल आन्तरिक तर्फको उडान पुनः सञ्चालनमा आएको छ । विमानस्थलमा शंकास्पद बस्तु राखिएको हल्ला चलेपछि विमानस्थल बन्द गरिएको थियो । सुरक्षा निकायले गरेको सर्च अप्रेशनबाट केही पनि फेला नपरेपछि विमानस्थलको आन्तरिक हवाई उडान सुचारू भएको विमानस्थल प्रहरी प्रमुख भीम ढकालले जानकारी दिए । ‘शंकास्पद बस्तु राखेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि हामीले […] The post त्रिभुवन विमानस्थलमा भेटिएन शंकास्पद वस्तु, आन्तरिक उडान सुरू appeared first on राजधानी राष्ट्रिय दैनिक.

कस्तो छ गौतम बुद्ध विमानस्थल ?

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो । हाल भैरहवा विमानस्थलका रूपमा आन्तरिक उडान सेवा मात्र प्रदान गरिरहेको यो विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्न सन् २०१२ देखि पहल सुरु गरिएको हो । सन् २०१४ जनवरीदेखि निर्माण सुरु भएको विमानस्थल सन् २०१७ डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर भूकम्प, ठेकेदारले भनेअनुसार काम गर्न नसक्नुजस्ता कारणले निर्माण अवधि पूरा गर्ने समयसम्म यसको एक चौथाइ भौतिक प्रगति पनि हुन सकेन । त्यसपछि आयोजनाको मुख्य वित्तीय सहयोगी एसियाली विकास बैङ्क (एडीबी)...

चिसो बढेसँगै आन्तरिक उडान प्रभावित, हुस्सुले केही विमानस्थलको उडान भएन

काठमाडौं । चिसो बढेसँगै आन्तरिक हवाई उडान प्रभावित भएको छ । मंगलबार बिहानैदेखि काठमाडांैलगायत विभिन्न विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण आन्तरिकतर्फको हवाई उडान प्रभावित भएको हो । आकाशमा बाक्लो हुस्सु र तुँवालो भरिएर विमान उडान र अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुगेका कारण काठमाडौंबाट तुम्लिङटार, पोखरा र जनकपुरका लागि निर्धारित उडानहरू डिले (ढिलाइ) भएको काठमाडौंस्थित त्रिभुवन […] The post चिसो बढेसँगै आन्तरिक उडान प्रभावित, हुस्सुले केही विमानस्थलको उडान भएन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आन्तरिक उडान भोलिदेखि बन्द, भारतसँग हवाई सम्बन्ध विच्छेद !

काठमाण्डाै – सरकारले साेमवार (भोलि) रातिदेखि आन्तरिक उडान बन्द गर्ने भएको छ । आइतवार (आज) को मन्त्रिपरिषद्काे बैठकले भोलि मध्य रातिदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको कृषि मन्त्री पद्मा अर्यालले उज्यालोलाई जानकारी दिनुभयो ।यस्तै भारतसँगको हवाई सम्पर्क पनि विच्छेद गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभएको छ । तर राष्ट्रिय अन्तर्राष्ट्रिय चार्टर उडानलाई बन्द गरिने छैन ।