घोराही उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनबाट शर्मा उम्मेदवार

दाङको घोराही उपमहानगरपालिका मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा उम्मेदवार बन्ने भएका छन् । गठबन्धनबाट घोराही उपमहानगरपालिका माओवादीको भागमा परेपछि शर्मा उम्मेदवार बन्ने पक्का भएको हो ।गठबन्धनबाट घोराही मेयरमा शर्मालाई उठाउने निर्णय गर्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले बताएका छन् । शर्मा सो नगरपालिकामा विकास प्रेमी नेताको रुपमा चिनिन्छन् । 

सम्बन्धित सामग्री

घोराही उपमहानगर प्रमुखमा माओवादीबाट शर्मा उम्मेदवार

घोराही उपमहानगरपालिका प्रमुखमा माओवादी केन्द्रले केन्द्रीय सदस्य हेमराज शर्मालाई उम्मेदवार बनाउने भएको छ । गठबन्धनबाट प्रमुख पाएपछि माओवादीले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।