नेपाली कांग्रेस चितवनका नेताहरू भरतपुर महानगरपालिकाको प्रमुखमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन थालेका छन् । जिल्ला सभापति राजेश्वर खनाल नेतृत्वको टोलीले मंगलबार साँझ पूर्वसांसद पौडेलको निवासमै पुगेर उम्मेदवारी फिर्ताको लागि आग्रह गरेको छ ।