बागमती प्रदेशमा २ लाख बढि बालबालिकालाई कोरोना विरूद्धको खोप लगाइने भएको छ । सरकारको खोप अभियान अन्तरगत बागमती प्रदेशका १२ देखि १७ बर्ष उमेर समूहका २ लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइने भएको हो ।यसका लागि प्रदेशका ११९ वटा स्थानीय तहहरूलाई २ लाख ७ हजार ३ सय ८० डोज खोप उपलव्ध गराइएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।बागमती प्रदेशका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा आइतबारबाट खोप अभियान शुरू हुनेछ । यी जिल्लाका विद्यालयमा पु