माओवादी केन्द्रले सकेन मन्त्रीको टुंगो लगाउन, प्रचण्डले गठबन्धका नेतासँग वार्ता गर्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तागठबन्धनका नेताहरुसँग छुट्टा छुट्टै वार्ता गर्ने भएका छन्।सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्न विषयमा प्रचण्डले छलफल गर्ने भएका हुन्। आइतवार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकपछि नेता नारायणकाजी श्रेष्ठले प्रचण्डले छुट्टा-छुट्टै वार्ता गर्ने बताएका हुन्। 'अध्यक्ष कमरेड प्रचण्डले सम्बान्धित घटकसँग छुट्टा छुट्टै र सामुहिक…

सम्बन्धित सामग्री

नेसपाले उच्चस्तरीय समिति बनाइसक्यो, माओवादीले अझै बनाएन

नेकपा (माओवादी केन्द्र)र नेपाल समाजवादी पार्टी (नेसपा) बिच पार्टी एकीकरण गर्ने सहमति अनुसार नेसपाले पार्टी अध्यक्ष डा बाबुराम भट्टराईको संयोजकत्वमा उच्च स्तरीय वार्ता संयोजन समिति गठन गरीसकेको छ। तर माओवादी केन्द्रले भने अझैसम्म उच्च स्तरीय वार्ता समिति ग...

माओवादीले बनायो बृहत वाम एकताका लागि छलफल गर्ने पार्टीहरुको सूची

२४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले बृहत वाम एकता गर्ने भन्दै एकता गर्नका लागि वार्ता गर्ने पार्टीहरुको सूची तयार पारेको छ । बृहत वाम एकताको पहलका लागि भन्दै गठन गरिएको वार्ता टोलीको पहिलो बैठकले एकताका लागि वार्ता गर्ने पार्टीहरुको सूची तयार गरेको उपाध्यक्ष एवम् वार्ता टोलीका संयोजक कृष्णबहादुर महराले बताए । ‘वार्ता गने पार्टीहरुको […]

मा‌‌ओवादीपछि नेसपाले बनाउँदै वार्ता टोली

काठमाडौँ – नेकपा माओवादी केन्द्रले वाम दलहरुबीच एकताको पहल गर्न वार्ता टोली गठन गरेको भोलिपल्ट डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले पनि वार्ता टोली गठन गर्ने भएको छ । आइतबार बिहान ११ बजे पार्टी कार्यालय तिनकुनेमा बस्ने राजनीतिक समितिको बैठकबाट वार्ता टोली गठन गर्ने तयारी भइरहेको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिएका छन्। […]

वाम एकताका लागि माओवादीले बनायो वार्ता टोली

काठमाडौं : नेकपा माओवादी केन्द्रले बृहत वाम एकताको लागि भन्दै पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ।माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गरेको हो। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षमा शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले वाम एकताको पहलका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको महराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।वार्ता टोलीमा महारासँगै महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु गरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेका छन

सबै कम्युनिष्ट पार्टीहरू बीचमा एकताका लागि माओवादी केन्द्रले पहल थाल्ने

सबै कम्युनिष्ट पार्टीहरू बीचमा एकताका लागि नेकपा माओावादी केन्द्रले वार्ता र पहल थाल्ने निर्णय गरेको छ ।  आज कोटेश्वरको पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालयमा बसेको स्थायी कमिटी बैठकले सबै कम्युनिष्ट शक्तिहरू बीचमा एकता गर्न आवश्यक पहल गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।  यसका लागि पार्टी मातहतका कमिटीलाई ध्यान दिन पनि निर्देशन दिइएको उनले बताए ।  त्यसैगरी माओवादी केन्द्रले विभिन्न समयमा विभाजित भएर फेरि एकीकृत भएको माओवादी घटकहरूको एकता प्रक्रिया टुंगोमा पुर्‍याउन ...

माओवादीले कम्युनिष्ट केन्द्र बनाउन एकता वार्ता थाल्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कम्युनिष्ट पार्टीहरुसँग एकताका लागि वार्ता प्रक्रिया अघि बढाउने भएको छ । माधवकुमार नेपालले एमाले छाडेर नेकपा एकीकृत समाजवादी दर्ता गरेलगत्तै माओवादी केन्द्रले कम्युनिष्टहरुलाई एउटै केन्द्रमा ल्याउन पहल गर्ने निर्णय गरेको हो । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार (आज) बसेको स्थायी कमिटी बैठकले कम्युनिष्ट क्रान्तिकारीहरुबीच एकता र ध्रुवीकरणका निम्ति पहल गर्ने निर्णय […]

दार्चुला घटनामा भारतसँग वार्ता गरी पीडितलाई क्षतिपूर्ति दिलाउन माओवादीको माग

काठमाडौं। नेकपा माओवादी केन्द्रले दार्चुला महाकाली नदीमा तुइन काटेर नेपाली युवाको मृत्यु भएको घटनाका सम्बन्धमा भारतसँग वार्ता गरेर पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ। आइतबार सम्पन्न माओवादी केन्द्रीय समिति बैठकले समसामयिक प्रस्तावहरू पारित गर्दै यस्तो माग गरेको हो। बैठकले बेलायतमा भइरहेको गोर्खा सैनिकहरूको अनसनमा ऐक्यबद्धता जनाउँदै बेलायत सरकारसँग तत्काल वार्ताको पहल गर्न पनि सरकारसँग माग गरेको छ।

माओवादी केन्द्रले कांग्रेस र जसपासँग वार्ता गर्ने, बैठक स्थगित

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ।

माओवादीमा कांग्रेस र जसपासँग वार्ता गर्ने जिम्मा प्रचण्ड र श्रेष्ठलाई

२६ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई दिएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आइतबार बसेको स्थायी कमिटी बैठकले उच्चस्तरीय वार्ता गर्ने जिम्मेवारी दिएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । माओवादी केन्द्रले संगठनात्मक […]

माओवादी केन्द्रले कांग्रेस र जसपासँग वार्ता गर्ने

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले संसद्, सरकार, राजनीतिक प्रक्रिया र संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग छलफल गर्ने भएको छ ।  मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले वर्तमान राजनीतिक परिस्थितिका बारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपासँग प्राथमिकताका साथ छलफल र वार्ता गर्ने निर्णय गरेको हो । त्यसपछि आवश्यकताका आधारमा नेकपा एमालेसँग पनि वार्ताको प्रक्रिया अघि बढाउन स...