वाम एकताका लागि माओवादीले बनायो वार्ता टोली

काठमाडौं : नेकपा माओवादी केन्द्रले बृहत वाम एकताको लागि भन्दै पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ।माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गरेको हो। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षमा शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले वाम एकताको पहलका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको महराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।वार्ता टोलीमा महारासँगै महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु गरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेका छन

सम्बन्धित सामग्री

माओवादीले गर्‍यो वाम एकताका लागि कार्यदल गठन

शनिबार बसेको पदाधिकारी बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली बनाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।...

वाम एकताका लागि माओवादीले गर्‍यो कार्यदल गठन

काठमाडौँ। माओवादी केन्द्रले वाम एकताका लागि कार्यदल गठन गरेको छ। शनिबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । टोलीमा महासचिव देव गुरूङ उपमहासचिवहरू गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र जनार्दन शर्मा छन्। यसअघि नेकपा एकीकृत समाजवादीले पनि वार्ता टोली बनाइसकेको छ।

विप्लवसँग पार्टी एकता गर्न वैद्य माओवादीले वार्ता टोली बनाउने

३ माघ, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलसँग एकताका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । मंगलबार र बुधबार बसेको स्थायी समितिको बैठकले विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेर्तत्वको नेकपा मसाल र ऋषि कट्टेल नेतृत्वको कम्युनिस्ट पार्टीसँग एकताको …