सबै कम्युनिष्ट पार्टीहरू बीचमा एकताका लागि नेकपा माओावादी केन्द्रले वार्ता र पहल थाल्ने निर्णय गरेको छ ।
आज कोटेश्वरको पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालयमा बसेको स्थायी कमिटी बैठकले सबै कम्युनिष्ट शक्तिहरू बीचमा एकता गर्न आवश्यक पहल गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
यसका लागि पार्टी मातहतका कमिटीलाई ध्यान दिन पनि निर्देशन दिइएको उनले बताए ।
त्यसैगरी माओवादी केन्द्रले विभिन्न समयमा विभाजित भएर फेरि एकीकृत भएको माओवादी घटकहरूको एकता प्रक्रिया टुंगोमा पुर्याउन ...