चुनावी प्रतिस्पर्धामा जित हासिल गर्न सक्दैनन् भन्दै महिला नेताहरूलाई दलका शीर्ष नेताले टिकट दिन कन्जुस्याइँ गरे पनि अवसर पाए विजय हासिल गर्न सक्छन् भन्ने चुनावी परिणामले देखाएको छ । यसअघि समानुपातिक कोटाबाट सांसद बनेका महिला नेता यसपटक जनताबाट अनुमोदित भएर संघीय संसद्मा प्रवेश गरेका छन् ।