डोल्पाको दक्षिण पश्चिम भूभागमा रहेको इलाका प्रशासन कार्यालय ईल, मुड्केचुलाबाट नागरिकता वितरण सुरु भएको छ । २०७३ सालमा स्थापना भएको इलाका प्रशासनबाट ८ वर्षपछि नागरिकता वितरण सुरु भएको हो ।
इलाका प्रशासन कार्यालय सिँजामा अधिकृतस्तरको कर्मचारी पुगेपछि एकै दिन ६९ नागरिकता वितरण गरिएको छ । अधिकृतस्तरको कर्मचारी नहुँदा सिँजाबाट नागरिकता वितरण रोकिएको थियो । गृह मन्त्रालयले मन्त्रालयमा कार्यरत अधिकृत रेश्मा बुढाक्षेत्रीलाई खटाएको थियो । प्रशासन प्रमुख रेश्मा बुढाले आफू कात्तिक १५ गते काठमाडौँ, नेपालगन्ज, जुम्ला बजार हुँदै सिधै इलाका प्रशासन कार्यालय सिँजामा ५ बजे हाजिर भएको जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय लमजुङले गैर आवासीय नेपालीलाई नागरिकता वितरण सुरु गरेको छ । बेंसीसहर नगरपालिका-२, भकुण्डे माइती र बेंसीसहर नगरपालिका-१, उदिपुर खत्रीचौर घर भई हाल अस्ट्रेलियाको सिड्नी बस्दै आएकी पवित्रा थापा बुढाथोकीलाई शुक्रबार पहिलोपटक गैर आवासीय नागरिकता प्रदान गरेको हो ।
३० असोज, काठमाडौं । गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण सुरु भएको छ ।मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा आयोजित कार्यक्रममा दुई गैरआवासीय नेपालीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरु कुल आचार्य र बद्री केसीले नागरिकताको प्रमाणपत्र पाएका हुन् । केसीको जिल्ला प्रशासन कार्यालय, काठमाडौं र आचार्यको पर्वतबाट नागरिकताको […]
कर्मचारी नहुँदा जुम्लाको इलाका प्रशासन कार्यालय, नराकोट, सिँजामा नागरिकता वितरण कार्य ठप्प भएको छ। प्रशासन कार्यालयका कर्मचारी अन्यत्रै सरुवा भई गएपछि सिँजा क्षेत्रको हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकावासी नागरिकता लिनबाट वञ्चित भएका छन्। सो गाउँलाई लक्ष्य गरी स्थापना गरिएको इलाका प्रशासनले नागरिकता वितरण सुरु गरेको थियो।
बर्दिया । जिल्ला प्रशासन कार्यालय गुलरियाले अशक्तलाई घरदैलोमै नागरिकता वितरण सुरु गरेको छ । प्रशासनले बर्दियाका विभिन्न अवस्थाका अशक्तलाई घरदैलोमै नागरिकता वितरण सुरु गरेको हो । जिल्ला तथा इलाका प्रशासन कार्यालय आउनजान नसक्नेलाई नागरिकता तथा अन्य सेवा आवश्यक परेमा घर दैलोमै उपलब्द्ध गराइने बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।
काठमाडौं, १५ असार । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खडकाले एक महिनाभित्र एनआरएनए नागरिकता वितरण सुरू गर्ने घोषणा गरेका छन्। शुक्रबार उनले एक कार्यक्रममा बोल्दै एक महिनाभित्र नियमावली बनाएर एनआरएनए नागरिकता वितरण प्रकिया सुरू गर्ने घोषणा गरेका हुन्। उनले भने, ‘एक महिना भित्र नियमावली बनाएर एनआरएनए नागरिकता वितरण सुरु गरिसक्छौं। एनआरएनलाई सहज हुने गरि परिवर्तन गर्नु […]
हुम्ला जिल्लाको मध्ये भेगमा स्थापना गरिएको इलाका प्रशासन कार्यालय सर्केगार्डबाट नागरिकता वितरण सुरु भएको छ। ख०७३ सालमा इलाका प्रशासन कार्यालय स्थापना गरिएपनि नागरिकता दिने आधिकारिक व्यक्ति नहुदाँ सेवाग्राहीलाई सदरमुकाम सिमकोट...
खोटाङ – खोटाङको साकेला गाउँपालिकाले अशक्त नागरिकलाई घरघरमै नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अपांग र अशक्त नागरिकलाई पहिचान गरेर गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले प्रशासनसँगको सहकार्यमा घरैमा पुगेर नागरिकताको प्रमाणपत्र वितरण सुरु गरेको हो ।
गाउँपालिकाले अपांग र अशक्तको नागरिकता बनाउनका लागि आवश्यक कागजात तयार पारेर आफ्नो प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालय पठाएको थियो । जिल्ला प्रशासन कार्यालयमा प्रकृया पूरा गरेर नागरिकता तयार ...