डोल्पामा इलाका प्रशासन स्थापना भएको ८ वर्षपछि नागरिकतासम्बन्धी सेवा सुरु
डोल्पाको दक्षिण पश्चिम भूभागमा रहेको इलाका प्रशासन कार्यालय ईल, मुड्केचुलाबाट नागरिकता वितरण सुरु भएको छ । २०७३ सालमा स्थापना भएको इलाका प्रशासनबाट ८ वर्षपछि नागरिकता वितरण सुरु भएको हो ।
भोजपुर, २७ मङ्सिर । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना गरिएको छ । घरमा हुने जन्मदरलाई घटाउँदै सुरक्षित मातृत्व सेवा प्रदान गर्ने उद्देक्ष्यले सो ठाउँमा प्रसूति सेवा केन्द्र स्थापना गरिएको हो । प्रसूति सेवा केन्द्रमा ग्रामीण भेगका गर्भवती तथा सुत्केरीलाई सेवा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए । भविष्यमा […]
रुकुम पश्चिमको चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयले सेवा सुरु गरेको छ । स्थापना भएको ३ वर्षपछि कार्यालयले आइतबारबाट सेवा सुरु गरेको हो । कार्यालय स्थापना भएपनि जनशक्ति अभावमा कार्यालयले सेवा...
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले रसुवाको धुञ्चेमा सम्पर्क केन्द्र स्थापना गरेर सेवा दिन थालेको छ । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको केन्द्रले जनशक्ति अभावका कारण पछिल्लो एक वर्षदेखि सेवा दिन सकिरहेको थिएन
ताप्लेजुङको सदरमुकाम फुङलिङमा राष्ट्रिय सेवा दल (एनसिसी)को पाँचौँ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ। मार्चपास, सरसफाइ तथा आबद्ध विद्यार्थीले परेड खेलेर स्थापना दिवस मनाएका हुन्।
सो अवसरमा आगलागी नियन्त्रणसम्बन्धी चेतनामूलक...
काठमाडौँ,३ साउन । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा पहिलो पटक सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना हुने भएको छ । आगामी दसैँ अगाडि नै सञ्चालनमा ल्याउने गरी सुनवलमा सेवा केन्द्र स्थापना गर्न लागिएको हो । नवलपरासी सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना तथा सञ्चालनका लागि सुनवल नगरपालिका र बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालबीच दुईपक्षीय सम्झौता गरी तयारी […]
खलङ्गा– जुम्लाको हिमा गाउँपालिका–२ स्थित ओदी पाटनमा पशु सेवा कार्यालय जुम्लाद्वारा भेडा स्रोत केन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट सञ्चालित भेडा स्रोत केन्द्र स्थापना गरिएको पशु सेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिए । वडा नं २ स्थित ओदी पाटनमा […]
गुल्मीमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना भएको छ । संघीय संरचनापछि पशु सेवा कार्यालय हटेको थियो ।
भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्र पाल्पामार्फत गुल्मीमा सम्पर्क कार्यालय थियो, जसकारण गुल्मीका नागरिकले पशु स्वास्थ्य र सेवाको लागि निकै दुःख पाएका थिए । अहिले लुम्बिनी प्रदेश सरकारले विभिन्न जिल्लाहरूमा अस्पताल तथा विज्ञ केन्द्र स्थापना गरिरहेको छ ।
गुल्मीमा स्थापना गरिएको केन्द्रको लुम्बिनी प्रदेशक कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले केन्द्रको उद्घाटन गरिन् । उनले केन्द्रको उद्घा...
लमजुङका उद्योगी व्यवसायीहरुको सहजताका लागि लमजुङ उद्योग वाणिज्य संघले सेवा कार्यालय स्थापना गरेको छ । आयकर तथा लेखा व्यवस्थापन सम्बन्धी सेवाग्राहीलाई सहजताका लागि संघले सेवा कार्यालय स्थापना गरेको हो ।सोमबार एक कार्यक्रमकाबीच आन्तरिक राजस्व विभागअन्तर्गत करदाता सेवा कार्यालय लमजुङका प्रमुख लेखनाथ रेग्मीले संघले स्थापना गरेको सेवा कार्यालयको उद्ध्घाटन गरेका हुन् ।कार्यक्रममा बोल्दै कार्यालय प्रमुख रेग्मीले […]
रोल्पामा रक्त सञ्चार सेवा केन्द्र स्थापना गरिएको छ । शुक्रबार रोल्पा नगरपालिकाको रेउघामा लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुनले रिवन काटेर सेवा केन्द्रको शुभारम्भ भएको घोषणा गरे । लामो समयको...
म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीमा हिंसापीडित तथा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र सञ्चालन गरिएको छ।गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक तथा बेनी नगरपालिकाको ब्यवस्थापनमा हिंसामा परेका व्यक्तिहरूलाई आश्रय दिने उद्देश्यले स्थापना गरिएको अल्पकालीन सेवा केन्द्रको गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गरिन्।जिल्लाभित्र घरेलु तथा यौनजन्य हिंसाबाट पीडित महिला, मानसिक सन्तुलन गुमाएका, अलपत्र अवस्थामा भेटिएकालाई अल्पकालीन रुपमा आश्रय दिने स्थानको अभावलाई समाधान गर्न