मादीमा एकल पुरुषलाई भत्ता, हलगोरु पाल्नेलाई अनुदान

कास्की – कास्कीको मादी गाउँपालिकाले पालिकाका एकल पुरुषलाई सामाजिक सुरक्षाबापत मासिक भत्ता दिने भएको छ । पालिकाको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रममा ६० देखि ६८ वर्षका विपन्न एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले अध्यक्षसँग विदुर कार्यक्रमअन्तर्गत विपन्न विदुरको सामाजिक सुरक्षाका लागि मासिक भत्ता उपलब्ध गराउन कार्यविधि तर्जुमा गरी लागू गरिने बताउनुभयो । यसैगरी पालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । गोरु संरक्षण गर्न हलगोरु ...

सम्बन्धित सामग्री

अविवाहित पुरुषलाई भत्ता !

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाले अविवाहित पुरुषलाई भत्ता दिने भएको छ । पालिकाले ६० वर्ष माथिका अविवाहति पुरुषलाई भत्ता दिन लागेको हो । एकल पुरुष भत्ता वितरण सम्बन्धि २०८० बमोजिम भत्ता दिने तयारी गरिएको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ । सात दिनभित्र भत्ताका लागि निवेदन दिन पालिकाले आवहान गरेको हो । ६० वर्ष पूरा […]

एकल असहाय पुरुषलाई भत्ता

काठमाडौँ,७ पुष । ईन्द्रावती गाउँपालिकाले ६० वर्षभन्दा माथिका एकल असाहाय पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाभर रहेका असाहाय अपाङ्गता एकल पुरुषका लािग मासिक रु पाँच सयका दरले भत्ता वितरण सुरु गरेको हो । उमेरले ६० वर्ष नाघेका असाहाय एकल पुरुष हो भनि वडा कार्यलयबाट सिफारिस पालिकाका ६१ लाभग्राहीका लागि गाउँपालिकाले बैँक खातामा […]

सिन्धुपाल्चोकमा एकल पुरुषलाई मासिक ५०० रुपैयाँ

सिन्धुपाल्चोक : हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ। इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक ५०० रुपैयाँ भत्ता दिएको हो। आर्थिक वर्ष २०७९\८० को नीति तथा कार्यक्रम समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । शर्माका अनुसार एकल पुरुष दर्ताका लागि सूचना जारी गरिसकिएको छ । हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एकल महिलासँगै पुरुषको अवस्था नाजुक द

नारायण नगरले एकल पुरुषलाई भत्ता दिने

दैलेख : दैलेखको नारायण नगरपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ। शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख लोमन शर्माले एकल पुरुष र महिलालाई आगामी आर्थिक वर्षदेखि मासिक भत्ता दिइने बताए।आगामी आर्थीक वर्षदेखि एकल महिला पुरुषलाई मासिक भत्ता दिने कार्यक्रम लागु हुने छ। सङ्घीय सरकारले निश्चित उमेर तोकेर सामाजिक सुरक्षा भत्ता दिने गरेको र एकल पुरुष र महिलालाई पनि नारायण नगरले आगामी आर्थिक वर्षदेखि मासिक भत्ता दिने नगर प्रमुख शर्माले बताए। आगामी आर्थिक वर्षका लागि नीति तथा कार

गुठीचौर गाउँपालिकाले एकल पुरुषलाई दिन थाल्यो भत्ता

जुम्लाको गुठीचौर गाउँपालिकाले एकल पुरुष (विदुर)लाई भत्ता दिने भएको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष ०७८/०७९ मा ‘एकल पुरुष भत्ता’ दिने भएको हो। गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीका अनुसार ४१ वर्षदेखि ५९ वर्षसम्मका...

पर्वतमा विदुर र एकल पुरुषले पनि भत्ता पाउने

असार २२, पर्वत । पर्वतको महाशिला गाउँपालिकाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ४० वर्ष उमेर पूरा गरेका विदुर तथा एकल पुरुषलाई पनि भत्ता दिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रममा उक्त विषय समेटेको हो ।  महाशिला गाउँपालिका विगत वर्षमा सुत्केरी स्याहार कार्यक्रम, किसानलाई प्रतिफलमा आधारित अनुदान, गाउँ फर्क प्याराप्यारी, एक घर एक टनेल, एक घर एक रोजगारी लगायतका कार्यक्रमबाट लोकप्रिय छ । यसवर्ष विदुर तथा एकल पुरुषलाई भत्ता दिने कार्यक्रम ल्याएपछि जिल्लाभर चर्चित बनेको छ ।  यस्तै अपांगताको ‘ग’ र ‘घ’ वर्गमा सूचीकृत भएकाहरूलाई पनि सामाजिक सुरक्षा भत्ता दिइने भएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले बताए । कतिपय विदुर तथा एकल पुरुषहरुलाई जीवन गुजारा चलाउन समस्या भएकाले भत्ताको व्यवस्था गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।  त्यस्ता पुरुषलाई नेपाल सरकारले भत्ता नदिँदा दैनिकी गुजार्न अप्ठ्यारो परेको तथा ‘ग’ तथा ‘घ’ वर्गका अपांगता भएकाहरूलाई पनि सम्बोधन नभएका कारण छैटौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा भत्ता दिने व्यवस्था गरिएको उचैले बताए । ‘एकल महिलाले भत्ता पाउँछन्, तर एकल पुरुषले भत्ता नपाउँदा उनीहरूको दैनिकीमा समस्या परेको हामीले देखेका छौँ । उनीहरूको विषयमा पनि महाशिला चिन्तित छ’ उनले भने, ‘छैटौं गाउँ सभाबाट यसलाई पारित गरिएको छ । अब कार्यान्वयनमा जान्छौं ।’  यो कार्यक्रमले समस्यामा रहेका, सामाजिक सुरक्षा भत्ता पाउन आवश्यक भएकाहरूलाई सम्बोधन गरेको उनले बताए । गाउँपालिकाका प्रमुख राजुप्रसाद पौडेलले यसको कार्यान्वयनको लागि अब कार्यविधि निर्माण गरिने र विदुर तथा एकल पुरुषलाई महिनाको एक हजार रुपैयाँका दरले भत्ता दिने तयारी गरिएको बताए । ‘सामाजिक रूपमा समस्यामा परेकाहरूलाई सामाजिक भत्ता दिन सकियो भने उनीहरूलाई ठूलो राहत हुन्छ ।  सबै नागरिकले सामाजिक सुरक्षाको अनुभूति गर्नसके भने स्थानीय सरकारले गरेको असल काम हुन्छ त्यो’ उनले भने, ‘महाशिलाले यस्ता थुप्रै खालका कार्यक्रमहरू विगतमा पनि ल्यायो जसले आम नागरिकलाई स्थानीय सरकार भएको अनुभूति भयो ।’ अन्य सामाजिक भत्ता लिइरहेका व्यक्तिलाई भने यो भत्ता नदिने उनले बताए । महाशिलामा एकल पुरुष र अन्य सामाजिक सुरक्षा भत्ता नपाउने विदुरको संख्या करीब ४० जनाको हाराहारीमा रहेको प्रवक्ता उचैले बताए । गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गको अपांगतामा सूचीकृत भएकाहरूलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । पूर्ण अपांगता भएका ‘क’ र आंशिक अपांगता भएका ‘ख’ वर्गले संघीय सरकारबाट नै अपांगता भत्ता पाउँदै आएका छन् । गाउँपालिकामा ‘ग’ र ‘घ’ वर्गको अपांगता भएकाहरूको संख्या करीब १०० रहेको छ ।

महाशिलामा बिदुर तथा एकल पुरुषलाई मासिक भत्ता

न्युज अफ नेपाल, पर्वत । पर्वतको महाशिला गाउँपालिकाले बिदुर तथा एकल पुरुष र ‘ग’ तथा ‘घ’ बर्गका अपाङ्गलाई मासिक भत्ता दिने भएको छ । छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका ४० वर्ष उमेर काटेका पुरुषलाई भत्ता दिने उल्लेख छ । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका बिदुर तथा एकल […]

ओखलढुङ्गाकाे खिजीकातीमा एकल पुरुषलाई मासिक भत्ता

ओखलढुङ्गा – खिजीकातीका एकल पुरुषलाई भत्ता दिन थालिएको छ । जिल्लामै पहिलो पटक खिजीदेम्वा गाउँपालिका ४ नम्बर वडा कार्यालयले एकल पुरुषलाई भत्ता दिन थालेको हो । सत्तरी वर्ष माथिकाले ज्येष्ठ नागरिक भत्ता पाउने भए पनि भत्ता पाउने उमेर नपुगेका एकल पुरुष सहाराविहीन बनेकाले वडाको बजेटबाट मासिक ५०० रुपैयाँ आर्थ...