पर्वतमा विदुर र एकल पुरुषले पनि भत्ता पाउने

असार २२, पर्वत । पर्वतको महाशिला गाउँपालिकाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ४० वर्ष उमेर पूरा गरेका विदुर तथा एकल पुरुषलाई पनि भत्ता दिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रममा उक्त विषय समेटेको हो ।  महाशिला गाउँपालिका विगत वर्षमा सुत्केरी स्याहार कार्यक्रम, किसानलाई प्रतिफलमा आधारित अनुदान, गाउँ फर्क प्याराप्यारी, एक घर एक टनेल, एक घर एक रोजगारी लगायतका कार्यक्रमबाट लोकप्रिय छ । यसवर्ष विदुर तथा एकल पुरुषलाई भत्ता दिने कार्यक्रम ल्याएपछि जिल्लाभर चर्चित बनेको छ ।  यस्तै अपांगताको ‘ग’ र ‘घ’ वर्गमा सूचीकृत भएकाहरूलाई पनि सामाजिक सुरक्षा भत्ता दिइने भएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले बताए । कतिपय विदुर तथा एकल पुरुषहरुलाई जीवन गुजारा चलाउन समस्या भएकाले भत्ताको व्यवस्था गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।  त्यस्ता पुरुषलाई नेपाल सरकारले भत्ता नदिँदा दैनिकी गुजार्न अप्ठ्यारो परेको तथा ‘ग’ तथा ‘घ’ वर्गका अपांगता भएकाहरूलाई पनि सम्बोधन नभएका कारण छैटौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा भत्ता दिने व्यवस्था गरिएको उचैले बताए । ‘एकल महिलाले भत्ता पाउँछन्, तर एकल पुरुषले भत्ता नपाउँदा उनीहरूको दैनिकीमा समस्या परेको हामीले देखेका छौँ । उनीहरूको विषयमा पनि महाशिला चिन्तित छ’ उनले भने, ‘छैटौं गाउँ सभाबाट यसलाई पारित गरिएको छ । अब कार्यान्वयनमा जान्छौं ।’  यो कार्यक्रमले समस्यामा रहेका, सामाजिक सुरक्षा भत्ता पाउन आवश्यक भएकाहरूलाई सम्बोधन गरेको उनले बताए । गाउँपालिकाका प्रमुख राजुप्रसाद पौडेलले यसको कार्यान्वयनको लागि अब कार्यविधि निर्माण गरिने र विदुर तथा एकल पुरुषलाई महिनाको एक हजार रुपैयाँका दरले भत्ता दिने तयारी गरिएको बताए । ‘सामाजिक रूपमा समस्यामा परेकाहरूलाई सामाजिक भत्ता दिन सकियो भने उनीहरूलाई ठूलो राहत हुन्छ ।  सबै नागरिकले सामाजिक सुरक्षाको अनुभूति गर्नसके भने स्थानीय सरकारले गरेको असल काम हुन्छ त्यो’ उनले भने, ‘महाशिलाले यस्ता थुप्रै खालका कार्यक्रमहरू विगतमा पनि ल्यायो जसले आम नागरिकलाई स्थानीय सरकार भएको अनुभूति भयो ।’ अन्य सामाजिक भत्ता लिइरहेका व्यक्तिलाई भने यो भत्ता नदिने उनले बताए । महाशिलामा एकल पुरुष र अन्य सामाजिक सुरक्षा भत्ता नपाउने विदुरको संख्या करीब ४० जनाको हाराहारीमा रहेको प्रवक्ता उचैले बताए । गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गको अपांगतामा सूचीकृत भएकाहरूलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । पूर्ण अपांगता भएका ‘क’ र आंशिक अपांगता भएका ‘ख’ वर्गले संघीय सरकारबाट नै अपांगता भत्ता पाउँदै आएका छन् । गाउँपालिकामा ‘ग’ र ‘घ’ वर्गको अपांगता भएकाहरूको संख्या करीब १०० रहेको छ ।

सम्बन्धित सामग्री

एकल पुरुष र मध्यम अपागंता भएकालाई भत्ता दिइने

लमजुङ– लमजुङको बेँसीसहर नगरपालिकाले नगरपालिका भित्रका मध्यम अपागंता र एकल पुरुषहरूलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । आर्थिक वर्ष २०७९-०८० को माघबाट लागू हुने गरी मध्यम अपागंता भई पहेलो कार्ड लिएका र ६० वर्षमाथिका एकल पुरुषलाई कार्यविधि बनाएर भत्ता वितरण गर्न लागेको हो । एकल महिला, ६८ वर्षमाथिका ज्येष्ठ नागरिक र ‘क’ र ‘ख’ […]

एकल असहाय पुरुषलाई भत्ता

काठमाडौँ,७ पुष । ईन्द्रावती गाउँपालिकाले ६० वर्षभन्दा माथिका एकल असाहाय पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाभर रहेका असाहाय अपाङ्गता एकल पुरुषका लािग मासिक रु पाँच सयका दरले भत्ता वितरण सुरु गरेको हो । उमेरले ६० वर्ष नाघेका असाहाय एकल पुरुष हो भनि वडा कार्यलयबाट सिफारिस पालिकाका ६१ लाभग्राहीका लागि गाउँपालिकाले बैँक खातामा […]

सिन्धुलीको मरिण गाउँपालिकाले एकल पुरुषलाई मासिक २ हजार भत्ता दिने

सिन्धुली । सिन्धुली जिल्लाको मरिण गाउँपालिकाले विदुर पुरुष (एकल पुरुष) हरुलाई मासिक २ हजार भत्ता दिने भएको छ। सोही गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० देखि आफ्नो पालिका भित्रका एकल पुरुषहरुलाई जीवननिर्वाह गर्नका लागि भत्ता उपलब्ध गराउन बजेट विनियोजन गरेको छ । मरिण गाउँपालिकापालिका भित्रका एकल पुरुषहरुलाई भत्ता वितरणको लागि गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेटमा १२ […]

नारायण नगरले एकल पुरुषलाई भत्ता दिने

दैलेख : दैलेखको नारायण नगरपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ। शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख लोमन शर्माले एकल पुरुष र महिलालाई आगामी आर्थिक वर्षदेखि मासिक भत्ता दिइने बताए।आगामी आर्थीक वर्षदेखि एकल महिला पुरुषलाई मासिक भत्ता दिने कार्यक्रम लागु हुने छ। सङ्घीय सरकारले निश्चित उमेर तोकेर सामाजिक सुरक्षा भत्ता दिने गरेको र एकल पुरुष र महिलालाई पनि नारायण नगरले आगामी आर्थिक वर्षदेखि मासिक भत्ता दिने नगर प्रमुख शर्माले बताए। आगामी आर्थिक वर्षका लागि नीति तथा कार

फलेवासमा एकल पुरुषलाई ‘विधुर भत्ता’

पर्वत : पर्वतको फलेवास नगरपालिकाले एकल पुरुष अर्थात् विधुरलाई मासिक भत्ता उपलब्ध गराउन सुरु गरेको छ।यसअघि ज्यालादारीमा काम गरेर खानेहरूलाई सञ्चय कोष शैलीमा रकम बचत गर्ने र नगरपालिकाका तर्फबाट रकम थप्ने लोकप्रिय कार्यक्रम ल्याएको फलेवास नगरपालिकाले एकल अवस्थामा रहँदा महिला मात्रै नभई पुरुष पनि समस्यामा पर्ने भएका कारण चालू आर्थिक वर्षको माघ महिनाबाट भत्ता दिन सुरु गरिएको नगरपालिकाका प्रवक्ता टीकाराम गौडेलले बताए।११ वटा वडा रहेको नगरपालिकाका सबै वडाबाट विवरण सङ्कलनको काम पूरा भएको र यदि कतै छ

एकल पुरुषलाई पनि मासिक भत्ता

ललितपुरको बागमती गाउँपालिकाले एकल पुरुष भत्ता वितरण गर्दै आएको छ । गाउँपालिकाकै वडा ४ का भोलानाथ तिमल्सिनाले गत वर्षदेखि एकल पुरुष भत्ता लिन थालेका छन् । एकल पुरुष भत्ताका कारण उनलाई यताउता...

गुठीचौर गाउँपालिकाले एकल पुरुषलाई दिन थाल्यो भत्ता

जुम्लाको गुठीचौर गाउँपालिकाले एकल पुरुष (विदुर)लाई भत्ता दिने भएको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष ०७८/०७९ मा ‘एकल पुरुष भत्ता’ दिने भएको हो। गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीका अनुसार ४१ वर्षदेखि ५९ वर्षसम्मका...

बझाङका चार स्थानीय तहले दिए एकल पुरुष भत्ता

बझाङका चार स्थानीय तहले एकल पुरुषलाई पनि भत्ता दिने भएका छन् । स्थानीय तहले कार्यविधि बनाएर श्रीमतीको मृत्यु भएपछि एक्लो जीवन बिताइरहेका ५० वर्षभन्दा माथिका एकल पुरुषलाई मासिक रु ५०० देखि रु दुई हजारसम्म सामाजिक सुरक्षा भत्ता दिँदै आएका छन् । एकल पुरुष भत्ता दिनेमा दुर्गाथली, थलारा, वित्थडचिर गाँउपालिका र जयपृथ्वी नगरपालिका रहेका छन । …

नगरपालिकाले बढायो एकल पुरुष र टुहुरा बालबालिकाको भत्ता

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुष र टुहुरा बालबालिकालाई दिदै आएको भत्ता बढाएको छ। आगामी आर्थिक वर्षदेखि एकल पुरुष र टुहुरा बालबालिका भत्ता बढाएको हो।...