नेपाल–चीनबीचको उत्तरीनाका रसुवागढी क्षेत्रमा पूर्वाधारको थप व्यवस्था गर्न गृहकार्य अगाडि बढेको छ । रसुवागढी प्रवेशद्वारको भागलाई फराकिलो बनाई सामान ढुवानी गर्ने ट्रक तथा कन्टेनर पार्किङस्थलको बनाउन लागिएको हो ।प्राकृतिकरूपमा साँघुरो भू–भागलाई अधिकतम सदुपयोग गर्दै रसुवागढी क्षेत्रलाई थप व्यवस्थित पार्न स्थानीय प्रशासनले सरोकारवाला निकायसँग समन्वय गर्ने कार्य सम्पन्न गरेको छ । कोभिड सङ्क्रमण सुरूआतदेखि नै मितेरी पुलबाट नेपाली सवारी साधन केरूङ जान रोकिएपछि चिनियाँ कन्टेनरले सिधैँ