पुसमा रत्ननगर महोत्सव, कृषि प्राथमिकतामा

चितवन। चितवनको रत्ननगरमा आयोजना गरिने ‘रत्ननगर महोत्सव–२०८०’ को तयारी शुरू भएको छ । रत्ननगर उद्योग वाणिज्य संघले दुई–दुई वर्षमा गर्दै आएको महोत्सवको १२औं संस्करण पुस २६ देखि माघ ८ गतेसम्म सञ्चालन हुने बताइएको छ । महोत्सवको तयारी स्वरूप स्टल बुकिङका साथै आन्तरिक व्यवस्थापनको काम भइरहेको संघका अध्यक्ष तथा महोत्सव संयोजक शंकर गिरीले जानकारी दिए । महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता गरिने आयोजकको भनाइ छ । महोत्सव अवधिभर कृषिसँग सम्बन्धित विभिन्न गोष्ठी, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना तथा चुनौती विषयक अन्तरक्रिया गरिने संयोजक गिरीले बताए । महोत्सवले समग्र जिल्ला तथा विशेषगरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार व्यवसाय र अन्य आर्थिक महत्त्वका क्षेत्रको आधुनिकीकरण, वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको बताइएको छ । पाँच सय स्टल रहने महोत्सवमा भारत, पाकिस्तान, बंगलादेश र चीनका प्रदर्शकसमेत रहने बताइएको छ । महोत्सवअन्तर्गत फुड फेस्टिवल समेत हुनेछ । 

सम्बन्धित सामग्री

‘गोठमा भेटेरिनरी खेतमा कृषि प्राविधिक’ अभियान

चितवन– चितवनको रत्ननगर नगरपालिकाले ‘गोठगोठमा भेटेरिनरी र खेतखेतमा कृषि प्राविधिक’ भन्ने नाराका साथ कृषिलाई प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रको विकासका लागि प्रणालीगत सुधार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न यस्तो अभियान अघि सारिएको हो । नगर प्रमुख प्रह्लाद सापकोटाका अनुसार वस्तुको बजारीकरण, क्षमता अभिवृद्धि र अनुगमन–मूल्याङ्कन कार्यलाई आधार मानी कृषि र भेटेनरी प्राविधिकको व्यवस्था […]

‘गोठमा भेटेरिनरी खेतमा कृषि प्राविधिक’

चितवन, १८ असार । रत्ननगर नगरपालिकाले ‘गोठगोठमा भेटेरिनरी र खेतखेतमा कृषि प्राविधिक’ भन्ने नाराका साथ कृषिलाई प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रको विकासका लागि प्रणालीगत सुधार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न यस्तो अभियान अघि सारिएको हो । नगर प्रमुख प्रह्लाद सापकोटाका अनुसार वस्तुको बजारीकरण, क्षमता अभिवृद्धि र अनुगमन–मूल्याङ्कन कार्यलाई आधार मानी कृषि र भेटेनरी […]

कोरोनाका कारण स्थगित रत्ननगर महोत्सव फागुन १५ गतेदेखि शुरु

फागुन ६, चितवन । कोरोनाका कारण स्थगन गरिएको रत्ननगर महोत्सव यही फागुन १५ गतेदेखि सञ्चालन हुने भएको छ । गत पुस २७ गतेदेखि सञ्चालन गर्ने भनिएको महोत्सव कोरोनाका कारण अन्तिम समयमा स्थगन गरिएको थियो । उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठका अनुसार स्थगन गरिएको महोत्सव फागुन १५ गतेदेखि २३ गतेसम्म सञ्चालन गर्न लागिएको हो । महोत्सवमा हुने चौथो चिकेन एण्ड एग फुड फेस्टिवल फागुन १६ देखि १९ गतेसम्म सञ्चालन हुने उनले बताए । फुड फेस्टिवल सौराहा चोकमा हुने छ ।  महोत्सव उद्घाटनको अन्तिम तयारीमा पुगेको समयमा कोरोना महामारीका कारण स्थानीय प्रशासनले २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रममा रोक लगाएसँगै उद्घाटनको अघिल्लो दिन महोत्सव स्थगित भएको थियो । महोत्सवमा सबै संरचना त्यतिबेला नै बनाइएको थियो । बिग्रे–भत्केका संरचनालाई मर्मतसम्भार गरी महोत्सव गर्न लागिएको हो । महोत्सवमा ३५० कक्ष रहने छन् । महोत्सवमा कृषि उत्पादन र माछाको नयाँ प्रविधिलाई प्रथामिकता दिइने भएको छ ।  उद्योग वाणिज्य संघ रत्ननगरको आयोजनामा हुन लागेको महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै यहाँ प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइने छ । मूल आयोजक समितिका संयोजक एवम् संघका अध्यक्ष श्रेष्ठले स्थानीयस्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउबिजन महोत्सवमा प्रदर्शनको व्यवस्था गरिने जानकारी दिए ।  महोत्सव अवधिभर कृषिसँग सम्बन्धित विभिन्न गोष्ठी, अन्तरक्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना तथा चुनौती विषयक छलफल गरिने उनले बताए । महोत्सवमा माछापालनमा नयाँ वायोफलक प्रविधि प्रदर्शनी साथै माछापालन गर्ने तरिका तथा बजारीकरणको विषयलाई प्राथमिकतामा राखिएको छ । उनले भने, ‘माछापालन व्यवसायको प्रवर्द्धनका लागि महोत्सवमा माछाका भुराको प्रदर्शनी, अत्याधुनिक माछासहितको पोखरी, माछालाई आवश्यक पर्ने औषधि तथा दानाका स्टल चेतनामूलक सामग्री, श्रव्यदृश्य तथा गोष्ठी गरिने छ ।’ ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यावसायिक कृषि र पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव ११औं संस्करण हो । विगत दुई दशकदेखि प्रत्येक दुई–दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेषगरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार–व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रको आधुनिकीकरण, वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको छ । रासस

चितवनमा रत्ननगर महोत्सव हुँदै

चितवन (अस) । चितवनको रत्ननगरमा ११ औं संस्करणको रत्ननगर महोत्सव हुने भएको छ । महोत्सव पुस २७ देखि माघ ८ गतेसम्म हुने भएको हो । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा रत्नगरको टिकौलीचौरमा महोत्सव हुनेछ । उद्योग वाणिज्य संघ रत्ननगरले पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो । रत्ननगर उवासंघ अध्यक्ष अनिल श्रेष्ठले उद्योग, व्यापार, कृषि, पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको जानकारी दिए । उनका अनुसार महोत्सवमा स्थानीय कला–संस्कृतिसहितका गरी करिब ३५० स्टल रहनेछन् ।  महोत्सव करिब ३ लाखले अवलोकन गर्ने र १५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको मूल आयोजक समिति संयोजकसमेत रहेका  श्रेष्ठले बताए । महोत्सवमा स्थानीय खाना परिकार तथा पोल्ट्री प्रवद्र्धन गर्न पुसा २९ देखि माघ ३ गतेसम्म रत्ननगरको टाँडी बजारमा चिकेन एन्ड एग फुड फेस्टिबल गरिने श्रेष्ठले जानकारी दिए ।  त्यस्तै, महोत्सवमा पहिलो पटक राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गरिनेछ । महोत्सवमा पर्यटन प्रचार–प्रसार गर्न चितवनका प्रमुख पर्यटकीय गन्तव्य समेटेर सूचना केन्द्रको व्यवस्था गरिएको छ ।

रत्ननगर महोत्सवमा माछा उत्पादनमा जोड दिइने

पूर्वी चितवनको रत्ननगरमा पुस २७ गतेदेखि माघ ८ गतेसम्म आयोजना हुन लागेको ‘रत्ननगर महोत्सव’मा कृषि र माछा उत्पमादनमा जोड दिइने भएको छ ।  उद्योग वाणिज्य संघ रत्ननगरको आयोजनामा हुन लागेको महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइने छ । प्रदर्शनीबारे जानकारी दिने उद्देश्यले बिहीवार रत्ननगरमा आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक ...

रत्ननगर महोत्सवमा माछा उत्पादनमा जोड दिइने

पूर्वी चितवनको रत्ननगरमा पुस २७ गतेदेखि माघ ८ गतेसम्म आयोजना हुन लागेको ‘रत्ननगर महोत्सव’मा कृषि र माछा उत्पमादनमा जोड दिइने भएको छ ।  उद्योग वाणिज्य संघ रत्ननगरको आयोजनामा हुन लागेको महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइने छ । प्रदर्शनीबारे जानकारी दिने उद्देश्यले बिहीवार रत्ननगरमा आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक ...

एक करोड लगानीमा कृषि घाँस उद्योग स्थापना

चितवन, साउन २२ । रत्ननगर नगरपालिका–१२ जमुनापुरमा १ करोड लगानीमा कृषि घाँस (साइलेज) उद्योग स्थापना गरिएकोे छ । दूध र मासु उत्पादनमा लागत कम गर्दै पशुपक्षीको आहाराको अभाव पूरा गर्न उक्त उद्योगको स्थापना गरिएको हो । ‘जय माँ लक्ष्मी कृषि घाँस उद्योग, साइलेज निर्माण तथा कस्टम हायरिङ सेन्टर’को बुधवार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका प्रमुख […]

रत्ननगरका किसानलाई अनुदानमा कृषि उपकरण

चितवन । चितवनको रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई आधुनिक कृषि उपकरण वितरण गरेको छ । कृषि उत्पादन बढाउन र लागत मूल्य कम गर्न नगरपालिकाले सहकारी तथा कृषि समूहमार्फत किसानलाई ट्रयाक्टरलगायत अन्य आधुनिक कृषि उपकरण वितरण गरेको हो । मकै उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत रत्ननगर नगरपालिका– १६ पिठुवाको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था र वडा नम्बर १२ को सुसब एकीकृत कृषि फार्मलाई ट्रयाक्टरसहित कल्टिभेटर, रोडाभेटर, हाइरो, बिउ राख्ने एवं मल छर्ने मेसिन, थ्रेसर, टेलर र चापाकटर मेसिन वितरण गरिएको छ । ट्रयाक्टर र अन्य उपकरण  ३० लाखमा खरिद गरिएको र किसानले प्रयोग गर्ने गरी ५० प्रतिशत अनुदान अर्थात्  १५ लाख रुपैयाँमा सेट उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख प्रवीण लामाले जानकारी दिए । पिठुवा साना किसान कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा ४ वटा चापाकटर मेसिन, वडा नम्बर ११ का किसान ईश्वरी चौलागाईं र वडा नम्बर  ३ का किसान दर्शन महतोलाई एक–एक वटा चापाकटर मेसिन प्रदान गरिएको छ  । यसैगरी सहयोगी कृषक समूह वडा नम्बर   ११ लाई मकै छोड्याउने तीन वटा मेसिन, उत्पीडित कृषि सहकारी संस्था, युवराज शर्मा र नवपशु तथा कृषि फार्मलाई मकै छोड्याउने एक–एक वटा मेसिन प्रदान गरिएको लामाले जानकारी दिए ।

रत्ननगरका किसानलाई अनुदानमा कृषि उपकरण वितरण

असार २५, चितवन । रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई आधुनिक कृषि उपकरण वितरण गरेको छ ।  कृषि उत्पादन बढाउन र लागत मूल्य कम गर्न सो नगरपालिकाले सहकारी तथा कृषि समूहमार्फत किसानहरुलाई ट्याक्टर लगायत अन्य आधुनिक कृषि उपकरण वितरण गरेको हो । मकै उत्पादन प्रवर्द्धन कार्यक्रम अन्तर्गत रत्ननगर नगरपालिका वडा नम्बर १६ पिठुवाको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था र रत्ननगर १२ को सुसब एकीकृत कृषि र्फमलाई ट्याक्टर सहित कल्टीभेटर, रोडाभेटर, हाइरो, बीउ राख्ने र मल छर्ने मेसिन, थ्रेसर, टेलर र च्यापकटर मेसिन वितरण गरिएको छ ।  ट्याक्टर र अन्य उपकरणसहित ३० लाखमा खरीद गरिएको र किसानले प्रयोग गर्ने गरी ५० प्रतिशत अनुदान अर्थात १५ लाख रुपैयाँमा सेट उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख प्रविण लामाले जानकारी दिए ।  पिठुवा साना किसान कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा ४ ओटा च्यापकटर मेसिन, रत्ननगरनगरपालिका वडा नम्बर ११ का किसान इश्वरी चौलागाई र रत्ननगरनगरपालिका वडा नम्बर ३ का किसान दर्शन महतोलाई एक/एक ओटा एउटा च्यापकटर मेसिन प्रदान गरिएको हो । यसैगरी सहयोगी कृषक समूह रत्ननगर नगरपालिका वडा नम्बर  ११ लाई मकै छोड्याउने ३ ओटा मेसिन,उत्पीडित कृषि सहकारी संस्था रत्ननगर ११, किसान युवराज शर्मा र नविपशु तथा कृषि फर्मलाई मकै छोडायाउने एक/एक ओटा मेसिन प्रदान गरिएको लामाले जानकारी दिए । सहयोगी कृषक समूह र किसाज युवराज शर्मालाई एक एक ओटा मकै रोप्ने हाते मेसिन ५० प्रतिशत अनुदानमा प्रदान गरिएको छ ।  रत्ननगरका मेयर नारायण वन र उपमेयर विमला दुवाडीले सहकारी तथा कृषि  समूहका अध्यक्ष र किसानहरुलाई उपकरण हस्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै मेयर वनले किसानलाई व्यवसायिक बनाउन उपकरण दिन्छु भन्दा पनि किसानहरुले खासै चासो नदिएको बताए ।  वनले सहकारी र कृषि  समूहलाई प्रदान गरिएको उपकरण दुरुपयोग भए नगरपालिकाले फिर्ता लिनसक्ने बताए । ‘अन्न उब्जनीमै उपकरण प्रयोग हुनुपर्छ उनले भने ट्याक्टर बालुवा र ढुंगा बोक्न प्रयोग भए नगरपालिकाले फिर्ता लिनेछ ।’ मेयर वनले भने ।