दुई ठूला पहाडको मुनि छ आहाले गाउँ । परबाट हेर्दा जम्माजम्मी छ/सात घर देखिन्छ । एउटा घरबाट उभिएर हेर्दा अर्काेघर मुस्किलले देखिन्छ । यो गाउँ सोमबार बिहानदेखि शोकमय बनेको छ ।वृद्ध दम्पतीको हत्यापछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ को आहाले गाउँ नै शोकमय बनेको हो । ७४ वर्षीय विष्णुबहादुर आलेमगर र ६७ वर्षीया निरमाया आलेमगर सोमबार बिहान हत्या गरिएको अवस्थामा भेटिएका थिए । विष्णुबहादुरलाई घर बाहिर खाटमा सुतिरहेकै अवस्थामा निधारमा तिखो हतियार प्रहार गरेर एकै झड्कामा प्राण लिएको देखिन्छ भने नि