धितोपत्र बोर्डले निकाल्यो शेयर बजारमा चलखेल गर्ने ५१ जोखिमयुक्त कम्पनीको सुची

काठमाडौं, १ असार । नेपाल धितोपत्र बोर्डले आज शेयर बजारमा चलखेल गर्ने ५१ जोखिमयुक्त कम्पनीहरुको सुची सार्वजनिक गरेको छ । बोर्डले विभिन्न कम्पनीहरुले समयमा सुचना जानकारी प्रवाह नगराएको, प्रतिशेयर आम्दानी अनुपात १०० र सो भन्दा बढी भएका, प्रतिशेयर आम्दानी ऋणात्मक भएका कम्पनीको वर्तमान वित्तीय क्षमताको मुंल्याकन समेतको आधारमा जोखिमयुक्त गरिएका ५१ वटा सुचिकृत संगठित संस्थाहरु […]

सम्बन्धित सामग्री

धितोपत्र बोर्डको नीति कार्यक्रम आज सार्वजनिक हुदै, के के छन् समावेश ?

नेपाल धितोपत्र बोर्डले आज बिहिबार बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । बोर्डले आज साउन १२ गते बिहिबार बेलुका ३ बजेदेखि ५ बजेसम्म होटेल हिमालयन कुपन्डोलमा  औपचारिक कार्यक्रम गरेर बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो ।   बोर्डले आ.व. २०७९।८० का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले वार्षिकोत्सवको अवसर पारेर विभिन्न १३ बुँदे भावी योजना र लक्ष्य अघि सारेको थियो। तिनै विषय समावेश गरेर नीति कार्यक्रम ल्याउने बोर्डको तयारी छ ।के थिए बोर्डका भावी योजना र लक्ष्य ? १. धितोपत्र तथा वस्तु विनिमय बजारको विकास गरी Iosco को मापदण्ड अनुरूपको बनाउँदै लैजाने।२. लगानीकताहरूको हकहित संरक्षणका लागि धितोपत्र सम्बन्धी कानुन विपरीत कार्य गर्ने संस्था तथा व्यक्तिलाई कारबाहीको दायरमा ल्याउने।३. बोर्डबाट सम्पादन गरिने कार्यहरूलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाई छिटोछरितो सेवा प्रवाह गर्ने एवं विद्यमान जनशक्तिको क्षमता विकासका लागि उच्च स्तरीय तालिम प्रदान गर्ने साथै भौतिक पूर्वाधार विकास गर्ने ।४. विश्व स्तरीय प्रविधि एवं प्रविधि सञ्चालनमा चाहिने जनशक्ति तयार गरी सुपरिवेक्षण प्रणालीलाई Artificial Intelligence(AI) मा आधारित RegTech मार्फत चुस्त दुरुस्त बनाई बजारमा चलखेल एवं अनुचित क्रियाकलापलाई निरुत्साहन गर्ने।५. बोर्डमा धितोपत्र दर्ता तथा अनुमतिका लागि पेस भएका निवेदनहरूलाई Merit Based File Approval System का आधारमा प्रक्रिया अगाडि बढाउने, ।६. बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको Automated Electronic Auction System तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा भित्र्याउने ।७. सार्वजनिक निष्कासनमा स्वच्छ तथा पारदर्शी प्रणाली लागू गरी ठूला-ठूला Utility Companies (जस्तै : नेपाल विद्युत प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लि.) र व्यावसायिक रूपमा सफल तथा स्थापित अन्य कम्पनीहरूलाई धितोपत्र बजारमा सूचीकरण गराई सोमा सर्वसाधारणको स्वामित्व बढाउनुका साथै बजार विस्तार तथा सन्तुलन मिलाउने ।८. पर्याप्त पूजी नभएका उद्यमी तथा नवप्रवर्तकका लागि प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलको माध्यमबाट पंजी तथा व्यावसायिक ज्ञान परिचालन गर्न सक्ने गरी अनुमति पत्र प्रदान गरी समुन्नतिको दायरमा बढाउने।९. साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्म (SMEs Platform) का लागि आवश्यक व्यवस्था मिलाई व्यावसायिक कृषिजन्य उद्यमलाई पंजी बजारमा आबद्ध गर्ने।१०. वस्तु विनिमय बजार सञ्चालन व्यवस्था मिलाउने११. बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने१२. बजार सहभागीहरूको व्यावसायिकता तथा स्तर अभिवृद्धि र कार्य क्षेत्र विस्तार गर्ने ।१३.  प्रदेश स्तरमा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी जनचेतना अभिवृद्धि सहित समष्टिगत वित्तीय साक्षरता सुदृढ गर्दै जाने।बोर्डले यस अघि नै समबन्धित सरोकारवालाहरुसँग नीति कार्यक्रमको लागि सुजह्व संकलन गरिसकेको छ । सुझाव संकलनको क्रममा सरोकारवालाहरुले अनुमतिप्राप्त विज्ञले मात्र शेयरबजार बारे बोल्न पाउने ब्यबस्था गर्न धितोपत्र बोर्डलाई आग्रह गरेका थिए । जुनसुकै व्यक्तिले शेयर बजार यति उति पुग्छ भनेर सार्वजनिक अभिव्यक्ति दिने गरेको, कम्पनीको नाम नै तोकेर शेयर खरिद बिक्रि गर्न सुझाव दिने गरेको, लगायतका कारणले बजारमा बेथिति बढेको भन्दै सरोकारवालाहरुले अनुमतिप्राप्त विज्ञले मात्र शेयरबजार बारे बोल्न पाउने ब्यबस्था गर्न धितोपत्र बोर्डलाई आग्रह गरेका थिए ।उनीहरुले बजारबारे बोल्नको लागि धितोपत्र बोर्डले निश्चित मापदण्ड तोकेर सो मापदण्ड पुरा गरेकालाई अनुमतिपत्र दिनु पर्न माग गरेका थिए । त्यस्तै नेपाल बैंकिंग इन्स्टिच्युट जस्तो संस्था गठन गरेर उक्त संस्था वा संस्थाले अनुमति दिएकाले मात्र शेयरबजार सम्बन्धि तालिम संचालन गर्न सक्ने ब्यबस्था गर्न माग गरेका थिए। त्यस्तै शेयरबजार बारे बोल्ने, अभिव्यक्ति दिने, तालिम दिने , लगायतका विषयमा आचारसंहिता बनाउनु पर्ने सुझाव सरोकारवालाहरुले दिएका थिए ।त्यस्तै कम्पनी मर्जर तथा प्राप्तिमा जाँदा स्वाप रेसियो धितोपत्र बोर्डबाट पनि स्वीकृत गरिनु पर्ने, सेटलमेन्ट फण्डको प्रभावकारी कार्यन्वयन गर्नु पर्ने, ब्रोकरको थप्ने भन्दा पनि अहिले भएकै ब्रोकरको क्षमता अभिवृद्धि गरि ब्रोकरलाई प्रतिस्पर्धी बनाउने, ब्रोकरलाई पिएमएस तथा एडभाईजरी संस्था सेवा प्रदान गर्न अनुमति दिनु पर्ने, शेयर कारोबारसँग समबन्धित निकायहरु बोर्ड, नेप्से, ब्रोकर, सिडीएसको आफ्नै सर्भरको ब्यबस्था गर्नु पर्ने लगायतका सुझाव पनि बोर्डले संकलन गरेको थियो ।त्यस्तै नेप्सेमा राष्ट्र बैंकको शेयर स्वामित्व घटे पनि राष्ट्र बैंकबाट प्रतिनिधित्व हुने संचालकको संख्या नघटेकोले सोहि अनुसार घटाउनु पर्ने, नेप्सेको निजीकरण गर्नु पर्ने लगायतका सुझाव पनि सरोकारवालाले दिएका थिए ।

आन्दोलित समुह र धितोपत्र बोर्डबीच वार्ता: के-के बिषयमा भयो सहमति ?

विभिन्न मागहरु राख्दै आन्दोलनमा उत्रिएको पूँजीवजार सुधार संघर्ष समितिका सदस्यहरु र नेपाल धितोपत्र बोर्डका अधिकारीहरुबीच वार्ता भएको छ। धितोपत्र बोर्ड अहिले कार्यकारी प्रमुख बिहिन भएको अवस्थामा सहमतीको अर्थ नभएकाले आन्दोलित समुहका माग बोर्डको संचालक समितिमा पुर्याउने वार्तामा बसेका दुवै पक्षबीच समझदारी भएको छ। दैनिक प्रशासनिक कार्य सम्पादनको जिम्मेवारी पाएका धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरिको उपस्थितिमा आन्दोलित समुहका नेतृत्त्वसँग आज यस्तो समझदारी भएको हो। बोर्डमा अहिले कोहि पनि प्रमुख कार्यकारीको भूमिकामा नभएकाले आन्दोलित समुहका कुनै पनि माग सम्बोधन गर्न सक्छु भन्ने अवस्था नरहेकाले उनीहरुको माग संचालक समितिमा लैजाने बाहेक अर्को सहमति गर्नै नसकिने गिरिले बिजपाटिलाई बताए। 'आन्दोलित समुह पनि लगानीकर्तानै भएकाले सबैको कुरा सुन्नुपर्ने हाम्रो कर्त्यब्य हो, धितोपत्र बोर्ड अहिले कार्यकारी प्रमुख बिहिन छ भन्ने कुरा उहाँ (आन्दोलित समुह) लाई पनि थाहा भएको कुरा हो, त्यसैले हामीले तपाइँहरुको माग संचालक समिति समक्ष पेश गर्ने बाहेक अरु केहि गर्न सक्दैनौ भनेका छौँ र उहाँहरुपनि यो बिषयमा सहमत हुनुहुन्छ' गिरिले भने। वार्तामा बसेका आन्दोलित समुहका प्रतिनिधिहरुले आफुहरुको मागलाई माइन्युट गर्नुपर्ने माग राखेपनि धितोपत्र बोर्डका अधिकारिहरुले भने त्यो प्रस्ताव अस्विकार गरेका छन्। बोर्डमा कोहि पनि कार्यकारी प्रमुख नभएकाले आन्दोलित समुहको मागलाई माइन्युट गर्न नसकिएको गिरिले बताए। नेपाल धितोपत्र बोर्डसँगको वार्तामा गएका पूँजीवजार सुधार संघर्ष समितिका सदस्यहरुले बाहिरबाट नै मूल गेटमा ताला लगाईदिएर केहि सदस्य मात्रै वार्ताको लागि बोर्ड कार्यलय प्रवेश गरेका थिए। असोज ६ गते राति ८ बजेसम्म पनि आन्दोलित समुह बोर्डको कार्यलय बाहिर नै धर्ना दिएर बसेको अवस्था छ भने समुहको नेतृत्त्व गर्ने दिपेन्द्र अग्रवाल र रोहन कार्की लगायत केहि व्यक्ति बोर्ड कार्यलय भित्र नै रहेका छन्। बोर्डले उनीहरुलाई आज ३:३० बजे वार्तामा बोलाएको थियो । तर बोर्डले प्रहरी परिचालन गरेर मूल गेट नै नखोलेपछि उनीहरुले कालो टिशर्ट लगाएर मूल गेट अगाडी नै २ घण्टासम्म नाराबाजी गरेका थिए । समितिले विभिन्न १८ वटा माग राखेको छ । यद्यपि केहि माग बोर्डले पुरा गर्नै नसक्ने खालका समेत छन् । यस्ता छन् समितिले राखेका माग : १. नेपाल राष्ट्र बैंकबाट पूँजी बजारको अस्तित्वनै धरापमा पार्ने गरि विभिन्न समय समयमा नियोजित रुपमा तयार गरिएका नीति कार्यक्रम र कार्यनीतिहरुले समग्र पूँजीबजार अगाडि बढ्न सकिरहेको छैन् । त्यसकारणले गर्भनरज्यूको तत्काल राजिनामाको माग गर्दछौ ।२. विगतमा गरिएको आन्दोलनको मर्मलाई बुझेर, तत्कालीन अर्थमन्त्रीद्वारा पारित गरिएको ५८ बुंदे सहमतिलाई अक्षरस पालना गर ।३. मौलिक हक अन्तर्गतको सम्पत्तीको हकमाथि प्रहार गरि नेपाल राष्ट्रबैंकले मार्जीन/शेयर प्रकृतिको कर्जामा ४ करोड र १२ करोडको सिमा लगाएको छ । मौद्रिक नीतिमार्फत समग्र पूँजी बजारको बिकासको बाधक बनेको यो व्यवस्था तुरुन्त खारेज गर ।४. लघुवित्त कम्पनीहरुले २०% भन्दा माथिको बोनस शेयर वितरण गर्दा ५०% रिजर्व राख्नुपर्ने अनुचित र अव्यवहारिक व्यवस्थालाई तत्काल खारेज गर ।५. १ बाट १.३% हुनेगरि बढाइएको असल कर्जा (Provisioning)सम्बन्धी व्यवस्थालाई तत्काल खारेज गरि १% नै कायम गर ।६. बैंक तथा वित्तिय संस्थाहरुबाट शेयर धित्तोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा तोकिएको विद्यमान समयावधीलाई संशोधन गरि पुरानै व्यस्था अनुसार १२० दिनको औषत मुल्य कायम गर।७. अरु सबै क्षेत्रमा प्रवाह हुने कर्जा जस्तै शेयर कर्जालाई पनि Total Lending fund मा समावेश गर।८. COVID-19 को महामारीले गर्दा पछाडी परेको समग्र अर्थतन्त्रलाई उकास्न र राहत पुग्ने गरि मुद्दती निक्षेप ब्याजदर न्यूनतम कायम गर ।९. बैंक तथा वित्तीय संस्थाहरुले शेयर बजार मार्फत शेयर खरिद बिक्री गर्न रोक लगाउने गरि जारि गरिएको निर्देशन तत्काल खारेज गरि बैंक तथा वित्तीय संस्थाहरुले पूँजी बजारमा लगानी गर्नपाउने पुरानै व्यवस्था कायम गर।१०. अत्याधिक र असमान ब्रोकर कमिसनलाई घटाएर ०१० % Flat Rate Basisमा कायम गर११. बृहत आर्थिक चलखेल गरि साना लगानीकर्तालाई लुटन र बजारबाट बहीर्गमन गर्ने उद्देश्यले ल्याउन लागिएको Book Building तत्काल खारेज गरि रु १०० Per Valueमै IPo जारि गर्ने व्यवस्था गर ।१२.१० कित्ता IPO को आवेदन दिन पाउने व्यवस्था कायमै गर ।१३. दिनहूँ रुपमा बढिरहेको पूँजी बजारको आकार र पूँजी बजार प्रतिको आकर्षणलाई मध्यनजर गरी सिमिति संख्यामा खोलिएका ब्रोकरको संख्या थप गर्नुको साथै बैंक तथा अन्य सूचिकृतसंस्थालाई ब्रोकर लाइसेन्स दिने निर्णय तत्काल कार्यान्वयन गर ।१४. ब्रोकर कम्पनीहरुबाट हुने विभिन्न अनुचित कार्यहरु जस्तै. फोन नउठाउने, विक्रि गरेकोशेयरको पैसा उचित समयमा नतिर्ने, समयमा खातामा शेयर नहाल्ने जस्ता गतिविधिहरु गर्ने ब्रोकरहरुको छानविन गरी त्यस्ताब्रोकरहरु लाइसेन्स तुरुन्त खारेज गर ।१५.FII, FDI, र FPI लाई मन्त्रिपरिषद्बाट पास गराएर तत्काल सञ्चालन गर्ने व्यवस्था गर ।१६. TMS मा Trading Timeमा भैरहेको प्राविधिक समस्यालाई व्यवस्थित तरिकाले तत्काल समाधान गर।१७.Capital Gain Tax लाई ७५% बाट पुनः घटाएर पुरानै ५% व्यवस्था लागु गरी Long Term Capital Gain Tax, C-ASBA Charge र सोबोन Tax लगायतका आम नेपाली शेयर लगानीकर्ताहरु माथि थोपरिएका विविध करहरु तत्काल खारेज गर ।१८. नियामनकारी निकायहरुले जारी गर्ने नीतिहरु कम्तिमा ३ वर्षका लागि स्थायी हुनु पर्ने व्यवस्था तत्काल लागू गर ।

पूँजीवजार सुधार संघर्ष समिति र धितोपत्र बोर्डबीच आज वार्ता हुदै

नेपाल धितोपत्र बोर्ड र विभिन्न माग उठाएर आन्दोलनरत पूँजीवजार सुधार संघर्ष समितिबीच आज वार्ता हुने भएको छ । दुवै पक्षबीच आज दिउँसो ३ बजे वार्ता हुने भएको हो । मंगलबार समितिले बोर्ड घेराउ कार्यक्रम राखेको थियो । माग पुरा हुने सुनिश्चितता नभएसम्म  त्यहाँबाट नफर्कने  अडान समितिका सदस्यले लिएपछि बोर्डले आज उनीहरुसँग वार्ता गर्न लागेको हो । बोर्ड अध्यक्ष भिष्मराज ढुंगाना निलम्बनमा परेपछि बोर्ड नेतृत्वबिहिन छ । दैनिक प्रशासनिक कार्य संचालन गर्ने अख्तियारी पाएका बोर्डका कार्यकारी निर्देशक निरज गिरि पनि समितिका सदस्यहरु बोर्डमा पुग्दा कार्यालय बाहिर थिए । समितिका सदस्यहरुले उपकार्यकारी निर्देशकहरुसंग छलफल गरेपनि निष्कर्षमा पुग्न नसकेपछि गिरीसँग फोनमार्फत आज दिउँसो वार्ता गर्नको लागि समय तोकिएको हो । समितिले विभिन्न १८ वटा माग राखेको छ । केहि माग बोर्डले केहि गर्नै नसक्ने खालका समेत छन् । यस्ता छन् समितिले राखेका माग :  १. नेपाल राष्ट्र बैंकबाट पूँजी बजारको अस्तित्वनै धरापमा पार्ने गरि विभिन्न समय समयमा नियोजित रुपमा तयार गरिएका नीति कार्यक्रम र कार्यनीतिहरुले समग्र पूँजीबजार अगाडि बढ्न सकिरहेको छैन् । त्यसकारणले गर्भनरज्यूको तत्काल राजिनामाको माग गर्दछौ । २. विगतमा गरिएको आन्दोलनको मर्मलाई बुझेर, तत्कालीन अर्थमन्त्रीद्वारा पारित गरिएको ५८ बुंदे सहमतिलाई अक्षरस पालना गर ।३. मौलिक हक अन्तर्गतको सम्पत्तीको हकमाथि प्रहार गरि नेपाल राष्ट्रबैंकले मार्जीन/शेयर प्रकृतिको कर्जामा ४ करोड र १२ करोडको सिमा लगाएको छ । मौद्रिक नीतिमार्फत समग्र पूँजी बजारको बिकासको बाधक बनेको यो व्यवस्था तुरुन्त खारेज गर । ४. लघुवित्त कम्पनीहरुले २०% भन्दा माथिको बोनस शेयर वितरण गर्दा ५०% रिजर्व राख्नुपर्ने अनुचित र अव्यवहारिक व्यवस्थालाई तत्काल खारेज गर । ५. १ बाट १.३% हुनेगरि बढाइएको असल कर्जा (Provisioning)सम्बन्धी व्यवस्थालाई तत्काल खारेज गरि १% नै कायम गर । ६. बैंक तथा वित्तिय संस्थाहरुबाट शेयर धित्तोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा तोकिएको विद्यमान समयावधीलाई संशोधन गरि पुरानै व्यस्था अनुसार १२० दिनको औषत मुल्य कायम गर।७. अरु सबै क्षेत्रमा प्रवाह हुने कर्जा जस्तै शेयर कर्जालाई पनि Total Lending fund मा समावेश गर। ८. COVID-19 को महामारीले गर्दा पछाडी परेको समग्र अर्थतन्त्रलाई उकास्न र राहत पुग्ने गरि मुद्दती निक्षेप ब्याजदर न्यूनतम कायम गर । ९. बैंक तथा वित्तीय संस्थाहरुले शेयर बजार मार्फत शेयर खरिद बिक्री गर्न रोक लगाउने गरि जारि गरिएको निर्देशन तत्काल खारेज गरि बैंक तथा वित्तीय संस्थाहरुले पूँजी बजारमा लगानी गर्नपाउने पुरानै व्यवस्था कायम गर। १०. अत्याधिक र असमान ब्रोकर कमिसनलाई घटाएर ०१० % Flat Rate Basisमा कायम गर११. बृहत आर्थिक चलखेल गरि साना लगानीकर्तालाई लुटन र बजारबाट बहीर्गमन गर्ने उद्देश्यले ल्याउन लागिएको Book Building तत्काल खारेज गरि रु १०० Per Valueमै IPo जारि गर्ने व्यवस्था गर । १२.१० कित्ता IPO को आवेदन दिन पाउने व्यवस्था कायमै गर । १३. दिनहूँ रुपमा बढिरहेको पूँजी बजारको आकार र पूँजी बजार प्रतिको आकर्षणलाई मध्यनजर गरी सिमिति संख्यामा खोलिएका ब्रोकरको संख्या थप गर्नुको साथै बैंक तथा अन्य सूचिकृतसंस्थालाई ब्रोकर लाइसेन्स दिने निर्णय तत्काल कार्यान्वयन गर । १४. ब्रोकर कम्पनीहरुबाट हुने विभिन्न अनुचित कार्यहरु जस्तै. फोन नउठाउने, विक्रि गरेकोशेयरको पैसा उचित समयमा नतिर्ने, समयमा खातामा शेयर नहाल्ने जस्ता गतिविधिहरु गर्ने ब्रोकरहरुको छानविन गरी त्यस्ताब्रोकरहरु लाइसेन्स तुरुन्त खारेज गर । १५.FII, FDI, र FPI लाई मन्त्रिपरिषद्बाट पास गराएर तत्काल सञ्चालन गर्ने व्यवस्था गर । १६. TMS मा Trading Timeमा भैरहेको प्राविधिक समस्यालाई व्यवस्थित तरिकाले तत्काल समाधान गर। १७.Capital Gain Tax लाई ७५% बाट पुनः घटाएर पुरानै ५% व्यवस्था लागु गरी Long Term Capital Gain Tax, C-ASBA Charge र सोबोन Tax लगायतका आम नेपाली शेयर लगानीकर्ताहरु माथि थोपरिएका विविध करहरु तत्काल खारेज गर । १८. नियामनकारी निकायहरुले जारी गर्ने नीतिहरु कम्तिमा ३ वर्षका लागि स्थायी हुनु पर्ने व्यवस्था तत्काल लागू गर ।

प्रि - ओपन सेसनमा मूल्य २ % मात्र घटबढ गर्न पाइने

असार १०, काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल दोस्रो बजारमा प्रारम्भिक कारोबार सत्र (प्रि - ओपन सेसन) मा कायम रहेको मूल्य घटबढको सिमालाई परिमार्जन गरेको छ । अहिले शेयर बजार खुल्नु अघि १० : ३० बजेदेखि १० : ४५ सम्म प्रि- ओपन सेसन खुला हुन्छ । बोर्डले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै प्रि - ओपन सेसनमा कायम रहेको मूल्य घटबढको सिमालाई घटाएर २ प्रतिशतमा  झारेको हो । यसभन्दा अगाडि प्रि -ओपन सेसनमा कम्पनीको शेयरमूल्य ५ प्रतिशतसम्म घटबढ हुन पाउने व्यवस्था थियो । प्रि - ओपन सेसनमा मूल्य घटबढको सिमा ५ प्रतिशत हुँदा चलखेल भएको गुनासो आएकोमा त्यसलाई २ प्रतिशतमा घटाएर बोर्ड लगानीकर्ताको गुनासो सम्बोधन गरेको हो ।  प्रारम्भिक सत्रमा कारोबार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतार चढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकाले उक्त सत्रमा गरेको धितोपत्रको कारोबार मूल्य परिवर्तन सिमालाई घटाएको बोर्डले बताएको छ । साथै छिमेकी देश लगायत अन्तरराष्ट्रिय असल अभ्यास अनुरुप हुने गरी धितोपत्र कारोबारको न्यूनतम मूल्य सीमालाई परिवर्तन गरेको हो  । जसबाट खरीदकर्ता र विक्रेताले प्रतिस्पर्धि मूल्यमा धितोपत्र खरीदविक्री गर्न सक्नुका साथै करोबारमा समेत वृद्धि हुने बोर्डले बताएको छ ।   साथै दोस्रो बजारमा धितोपत्रको कारोबार हुँदा हाल न्यूनतम मूल्य परिवर्तन सीमा रू. १ रहेकोमा सोलाई घटाई १० पैसा कायम गर्ने गरी धितोपत्र कारोबार सञ्चालन विनिमावली २०७५ को दोस्रो संशोधन स्वीकृत गरेको छ । उपरोक्त व्यवस्थामा कार्यन्वयनमा आएपछि प्रारम्भिक कारोबार थप व्यवस्थित हुने र न्यूनतम मूल्य परिवर्तन सीमा १० पैसा हुँदा लगानीकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्न सक्छन् जसबाट दोस्रो बजार कारोबार थप लगानीमैत्री हुने पनि बोर्डले बताएको छ । साथै बोर्डले परिवर्तित नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई समेत निर्देशन दिएको छ ।

सामान्य अंकले घट्यो शेयर बजार, करीब ११ अर्बको शेयर कारोबार

असार ३, काठमाडौं । साताको अन्तिम कारोबार दिन समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक १ दशमलव २९ अंकले घटेर २ हजार ९६८ दशमलव ४३ विन्दुमा बन्द भएको छ ।  अघिल्लो कारोबार दिन बुधवार २९६९.६९ विन्दुमा बन्द भएको बजार बिहीवार २ हजार ९८२ दशमलव ९७ विन्दुदेखि खुला भएको हो । कारोबारको आधा घण्टाको अवधिसम्ममा २ हजार ९४५ दशमलव ५९ विन्दुसम्म झरेको बजारले २ घण्टा ३३ मिनेटको कारोबार अवधिमा २ हजार ९९० विन्दु कायम गरेको थियो ।  नेपाल धितोपत्र बोर्डले सूचीकृत विभिन्न ५१ ओटा कम्पनीहरुमा गरिरहेको अध्ययन तथा अनुसन्धानले बजारमा कस्तो प्रभाव पर्ला भन्नेमा अन्योल बनेका लगानीकर्ताहरु बिहीवार भने पर्ख र हेरको अवस्थामा रहेको पाइएको छ ।  देशको जनजीवन कोरोना  महामारीका कारण गत वर्षदेखिनै प्रभावित भइरहेको अवस्थामा शेयर बजारबाट आम्दानी गरेर धेरैजसो नेपालीहरुले दैनिकी चलाइरहेको पाईन्छ । कोरोना महामारीका कारण अस्तव्यस्त अन्य व्यवासायिक क्षेत्रका व्यवसायीहरु पनि शेयर बजारमै बैकल्पिक लगानीको रुपमा भित्रिएको जानकारीसमेत ब्रोकरहरुले दिएका छन् ।  सामान्य हल्लाबाट पनि प्रभावित बन्ने नेपालको शेयर बजार नियामककै सूचीकृत कम्पनीहरुको शेयर कारोबारमा चलखेल भएको धारणाप्रति भने निकै प्रभावित बनेको ब्रोकरहरुको अनुमान छ । नियामकले बजार र लगानीकर्ताहरुकै हितका लागि चालेको यो कदमले क्षणिक अन्योलता भएपनि आगामी दिनमा सकारात्मक प्रभाव पर्ने र कारोबारमा हुनसक्ने चलखेललाई कम गर्ने विश्वास पनि ब्रोकरहरुले गरेका छन् । उनिहरुले पछिल्लो दुई दिन जानकार लगानीकर्ताहरुले ढुक्क भएर लगानी गरेको र नयाँ लगानीकर्ताहरुमा अन्योलता देखिएकाले पर्ख र हेरको अवस्थामा रहेको जानकारी पनि दिएका छन् । बिहीवार नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ५८ अंक घटेर ५४१ दशमदज १२ विन्दुमा झरेको छ ।  बिहीवार कारोबार रकम पनि अघिल्लो दिनभन्दा कम भएको छ । बुधवार रू. १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार बराबरको शेयर कारोबार भएकोमा बिहीवार यो रकम रू. १० अर्ब ९० करोड ४९ लाख ५८ हजारमा खुम्चिएको हो । यस दिन २२३ ओटा कम्पनीको १ लाख २४ हजार ५६१ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता शेयर कारोबार भएको छ । मंगलवारदेखिनै सर्वाधिक रकमको शेयर कारोबार गर्दै आएको नेपाल पुनर्बीमा कम्पनीले बिहीवार पनि निरन्तरता पाएको छ । उक्त कम्पनीको यो दिन रू. ७७ करोड ३७ लाख ३९ हजार बराबरको ४ लाख ८ हजार ४४३ कित्ता शेयर कारोबार भएको छ । यस दिन कम्पनीको शेयरमूल्य पनि ३ दशमलव १२ प्रतिशत अर्थात प्रतिकित्ता रू. ५८ ले बढेर अन्तिम मूल्य रू. १ हजार ९१६ कायम भएको छ । सामान्य करेक्सन भएको बिहीवारको बजारबाट विकास बैंकका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक २ दशमलव शून्य ४ प्रतिशत बढेको छ । त्यस्तै होटल्स तथा पर्यटनको शून्य दशमलव ९८ प्रतिशत, वित्तको १ दशमलव ४२ प्रतिशत, निर्जीवनको शून्य दशमलव ३५ प्रतिशत, अन्यको १ दशमलव १७ प्रतिशत र जीवन बीमाको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक बढेको छ ।  यो दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव १९ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ्गको शून्य दशमलव ५४ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३७ प्रतिशत, जलविद्युतको शून्य दशमलव १ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १९ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव २३ प्रतिशत र लगानी समूहको शून्य दशमलव १९ प्रतिशत परिसूचक घटेको छ । बिहीवार खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ७ दशमलव ४२ प्रतिशतले बढेको छ भने सीईडीबी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६ दशमलव ५५ प्रतिशतले घटेको छ ।  खानीखोला हाइड्रोपावरको शेयरमूल्य यो दिन प्रतिकित्ता रू. २१ ले बढेर अन्तिम मूल्य रू. ३०४ पुगेको छ भने सीईडीबी हाइड्रोपावरको प्रतिकित्ता रू. ४८ ले घटेर अन्तिम मूल्य रू. ६८५ मा झरेको छ । जेठ २६ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको उक्त कम्पनीको शेयरमूल्य छैटौं दिनसम्म निरन्तर उच्च दरमा बढेर सातौ दिन सर्वाधिक घटेको हो ।

नेपाल धितोपत्र बोर्डद्वारा दोस्रो बजारमा जोखिमयुक्त कम्पनीको विवरण सार्वजनिक

असार १, काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्रको कारोबार गर्दा धितोपत्रमा निहीत जोखिम रहेका कम्पनीहरुको मंगलवार विवरण सार्वजनिक गरेको छ। बोर्डले निहीत जोखिम रहेका ५१ ओटा कम्पनीहरुको विवरण सार्वजनिक गरेको हो । धितोपत्र बोर्डले विगत एक वर्षको अन्तरालमा सूचीकृत संगठित संस्थाहरुको मूल्य वृद्धि ३०० प्रतिशत र सोभन्दा बढीले मूल्य वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका प्रतिशेयर आम्दानी ऋणात्मक भएका, प्रतिशेयर अंकित मूल्य भएका कम्पनीहरुलाई जोखिम पूर्ण रहेको बताएको छ । यस्ता कम्पनीमा लघुवित्त, जलविद्युत्, वित्त कम्पनी र बीमा कम्पनीहरु रहेका छन् । उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा अध्ययन पनि शुरु भएको बोर्डले बताएको छ । धितोपत्रको दोस्रो बजारमा विभिन्न कम्पनीको शेयर मूल्यमा चलखेल गरी शेयर मूल्य बढाएको पाइएको छ । नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनमा ती ५१ ओटा कम्पनीको शेयर मूल्यमा चलखेल गरी शेयरमूल्य बढाएको खुलासा भएको हो । धितोपत्र बोर्डले लगानीकर्ताको हित संरक्षणका लागि सधैं तत्पर रहेको पनि  बताएको छ ।  शेयर बजार जोखिम मुक्त नरहेको हुँदा यसमा लगानी गर्नेले जोखिमको आकलन गरेर मात्र लगानी गर्न बोर्डले लगानीकर्ताहरुलाई सचेत गराएको  छ । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त सूचिमा राखेका ५१ ओटा कम्पनीहरु [ सूचिसहित ]