सामान्य अंकले घट्यो शेयर बजार, करीब ११ अर्बको शेयर कारोबार

असार ३, काठमाडौं । साताको अन्तिम कारोबार दिन समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक १ दशमलव २९ अंकले घटेर २ हजार ९६८ दशमलव ४३ विन्दुमा बन्द भएको छ ।  अघिल्लो कारोबार दिन बुधवार २९६९.६९ विन्दुमा बन्द भएको बजार बिहीवार २ हजार ९८२ दशमलव ९७ विन्दुदेखि खुला भएको हो । कारोबारको आधा घण्टाको अवधिसम्ममा २ हजार ९४५ दशमलव ५९ विन्दुसम्म झरेको बजारले २ घण्टा ३३ मिनेटको कारोबार अवधिमा २ हजार ९९० विन्दु कायम गरेको थियो ।  नेपाल धितोपत्र बोर्डले सूचीकृत विभिन्न ५१ ओटा कम्पनीहरुमा गरिरहेको अध्ययन तथा अनुसन्धानले बजारमा कस्तो प्रभाव पर्ला भन्नेमा अन्योल बनेका लगानीकर्ताहरु बिहीवार भने पर्ख र हेरको अवस्थामा रहेको पाइएको छ ।  देशको जनजीवन कोरोना  महामारीका कारण गत वर्षदेखिनै प्रभावित भइरहेको अवस्थामा शेयर बजारबाट आम्दानी गरेर धेरैजसो नेपालीहरुले दैनिकी चलाइरहेको पाईन्छ । कोरोना महामारीका कारण अस्तव्यस्त अन्य व्यवासायिक क्षेत्रका व्यवसायीहरु पनि शेयर बजारमै बैकल्पिक लगानीको रुपमा भित्रिएको जानकारीसमेत ब्रोकरहरुले दिएका छन् ।  सामान्य हल्लाबाट पनि प्रभावित बन्ने नेपालको शेयर बजार नियामककै सूचीकृत कम्पनीहरुको शेयर कारोबारमा चलखेल भएको धारणाप्रति भने निकै प्रभावित बनेको ब्रोकरहरुको अनुमान छ । नियामकले बजार र लगानीकर्ताहरुकै हितका लागि चालेको यो कदमले क्षणिक अन्योलता भएपनि आगामी दिनमा सकारात्मक प्रभाव पर्ने र कारोबारमा हुनसक्ने चलखेललाई कम गर्ने विश्वास पनि ब्रोकरहरुले गरेका छन् । उनिहरुले पछिल्लो दुई दिन जानकार लगानीकर्ताहरुले ढुक्क भएर लगानी गरेको र नयाँ लगानीकर्ताहरुमा अन्योलता देखिएकाले पर्ख र हेरको अवस्थामा रहेको जानकारी पनि दिएका छन् । बिहीवार नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ५८ अंक घटेर ५४१ दशमदज १२ विन्दुमा झरेको छ ।  बिहीवार कारोबार रकम पनि अघिल्लो दिनभन्दा कम भएको छ । बुधवार रू. १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार बराबरको शेयर कारोबार भएकोमा बिहीवार यो रकम रू. १० अर्ब ९० करोड ४९ लाख ५८ हजारमा खुम्चिएको हो । यस दिन २२३ ओटा कम्पनीको १ लाख २४ हजार ५६१ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता शेयर कारोबार भएको छ । मंगलवारदेखिनै सर्वाधिक रकमको शेयर कारोबार गर्दै आएको नेपाल पुनर्बीमा कम्पनीले बिहीवार पनि निरन्तरता पाएको छ । उक्त कम्पनीको यो दिन रू. ७७ करोड ३७ लाख ३९ हजार बराबरको ४ लाख ८ हजार ४४३ कित्ता शेयर कारोबार भएको छ । यस दिन कम्पनीको शेयरमूल्य पनि ३ दशमलव १२ प्रतिशत अर्थात प्रतिकित्ता रू. ५८ ले बढेर अन्तिम मूल्य रू. १ हजार ९१६ कायम भएको छ । सामान्य करेक्सन भएको बिहीवारको बजारबाट विकास बैंकका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक २ दशमलव शून्य ४ प्रतिशत बढेको छ । त्यस्तै होटल्स तथा पर्यटनको शून्य दशमलव ९८ प्रतिशत, वित्तको १ दशमलव ४२ प्रतिशत, निर्जीवनको शून्य दशमलव ३५ प्रतिशत, अन्यको १ दशमलव १७ प्रतिशत र जीवन बीमाको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक बढेको छ ।  यो दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव १९ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ्गको शून्य दशमलव ५४ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३७ प्रतिशत, जलविद्युतको शून्य दशमलव १ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १९ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव २३ प्रतिशत र लगानी समूहको शून्य दशमलव १९ प्रतिशत परिसूचक घटेको छ । बिहीवार खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ७ दशमलव ४२ प्रतिशतले बढेको छ भने सीईडीबी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६ दशमलव ५५ प्रतिशतले घटेको छ ।  खानीखोला हाइड्रोपावरको शेयरमूल्य यो दिन प्रतिकित्ता रू. २१ ले बढेर अन्तिम मूल्य रू. ३०४ पुगेको छ भने सीईडीबी हाइड्रोपावरको प्रतिकित्ता रू. ४८ ले घटेर अन्तिम मूल्य रू. ६८५ मा झरेको छ । जेठ २६ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको उक्त कम्पनीको शेयरमूल्य छैटौं दिनसम्म निरन्तर उच्च दरमा बढेर सातौ दिन सर्वाधिक घटेको हो ।

सम्बन्धित सामग्री

‘शेयर कारोबार उत्पादनमूलक भएन’

काठमाडौँ । शेयर कारोबार उत्पादनमूलक नभएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण भएको छ । सांसद प्रेम सुवालले शेयर बजार उत्पादनमूलक नभएको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राखेका हुन्। उनले नेपाल धितोपत्र बोर्ड परिसरमा शेयर बजार सुधारको माग राख्दै भइरहेको आमरण अनशनका बारेमा पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए । सांसद सुवालले लिखित परीक्षाविना […]

‘शेयर कारोबार उत्पादनमूलक भएन’

काठमाडौँ,६ असार । शेयर कारोबार उत्पादनमूलक नभएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण भएको छ । सांसद प्रेम सुवालले शेयर बजार उत्पादनमूलक नभएको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राखेको हो । उनले नेपाल धितोपत्र बोर्ड परिसरमा शेयर बजार सुधारको माग राख्दै भइरहेको आमरण अनशनका बारेमा पनि अर्थमन्त्रालयको ध्यानाकर्षण गराए । सांसद सुवालले लिखित […]

अबदेखि सातामा ६ दिन शेयर कारोबार हुने

काठमाडौँ- अब शनिबारबाहेक सबैदिन शेयर बजार खुल्ने भएको छ । शेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले हालसम्म सातामा ५ दिन मात्रै खुल्ने गरेको शेयर कारोबार आइन्दा ६ दिन नै खुलाउने तयारी गरेको हो । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै नेप्सेले सातामा शनिबारबाहेक ६ दिन नै सेयर कारोबार खुल्ला गर्न लागेको जनाएको छ […]

नेप्से परिसूचकसँगै सुस्तायो शेयर कारोबार रकम

साताको तेस्रो शेयर बजार घटेर बन्द भएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ ।

शेयर बजार ४९ अंकले बढ्दा कसले कमाए ? कसले गुमाए ?

२७ पुस, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार उकालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ४९ अंकले बढेर २८ सय ३४ अंकमा पुगेको छ । बजार बढ्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । कारोबार रकम भने पछिल्ला दुई यताको कम देखिएको छ । दिनभर १ करोड […]

भोलि आइतबार शेयर बजार बन्द रहने

३ पुस, काठमाडौं । भोलि आइतबार शेयर कारोबार खुला नहुने भएको छ । सरकराले उधौली पर्व तथा योमरी पुन्हीका अवसरमा सार्वजनिक बिदा दिने भएकाले आइतबार शेयर बजार पनि बन्द रहने भएको हो । शेयर बजार सार्वजनिक बिदाका दिनहरुमा बाहेकहरेक साता आइतबारदेखि बिहीबारसम्म खुला हुने गरेको छ । सरकारले काठमाडौं उपत्यकामा मात्रै बिदा दिएको अवस्थामा पनि […]

शेयर बजार २५ मिनेटमा २२ अङ्क बढीले उकालो

काठमाडौँ। आइतबारदेखि शेयर बजार पनि खुला भएको छ । नेपाल स्टक एक्सचेन्जले आइतबारदेखि कारोबार खुला गरेको हो ।  दसैँ बिदा पछि खुलेको शेयर बजार पहिलो दिन खुला हुनासाथ सकारात्मक देखिएको छ । कारोबार खुला भएसँगै बढ्ने क्रम सुरु भएको शेयर कारोबार मापक नेप्से परिसूचक २५ मिनेटमा २२ अङ्क बढीले उकालो लागेको छ ।

दशैंअघिको शेयर बजार : बुलिस कि बियरिस ?

१३ असोज, काठमाडौं । मंगलबारसम्म लगातार घटेको शेयर बजार परिसूचक (नेप्से) मा बुधबार भने केही सुधार देखियो । तीन दिनमा शेयर कारोबार मापक नेप्से परिसूचक २ सय भन्दा बढी अंकले घट्यो भने बुधबार ५० दशमलव ५८ अंकले बढ्यो । बुधबार परिसूचक बढे पनि कारोबार भने ५ अर्ब रुपैयाँको मात्र भयो । ३२०० अंकमा पुगेको बजार […]

शेयर बजार दैनिक ओरालो : सोचेर लगानी गर्न सुझाव

काठमाडौँ – शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक (नेप्से) २.६५ प्रतिशतले ओरालो लाग्यो । बिहीबार २८८९.२१ विन्दूबाट सुरु भएको बजार ७६.६५ अंकले घटेर २८१२.३५ विन्दूमा रोकियो । दिनभर २२९ कम्पनीका १ करोड ६४ लाख ६८ हजार शेयर किनबेच हुँदा ९ अर्बको ३ करोड ३९ लाख बराबरको शेयर कारोबार भएको छ । […]

साताको अन्तिम दिन शेयर बजार राताम्मे

काठमाडौँ । साताको अन्तिम दिन आज (बिहीबार) शेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेसँगै घट्ने क्रममा देखिएको शेयर बजार १२ बजेसम्म करिब ६९ अङ्कले घटेको छ । शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिदा एउटा बाहेकका सबै कम्पनीहरु घटेका छन् । यद्यपि, २ म्युचुअल फन्ड र एउटा डिबेञ्चर भने बढेको छ । […]