जी–सेभेन राष्ट्रहरूले रुसी तेलको आयातमाथि प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। गएराति बसेको जी–सेभेन बैठकमा सहभागी नेताहरूले प्रतिबन्ध लगाउने वा चरणबद्ध रूपमा आयात बन्द गर्ने निर्णय गरेका हुन्। छलफलपछि साझा वक्तव्य जारी गर्दै जी–सेभेनका नेताहरूले आफूहरु रुसी ऊर्जामाथिको निर्भरता पूर्ण रुपमा बन्द गर्न प्रतिबद्ध रहेको बताएका छन्। यो प्रतिबद्धतामा रुसी तेल आयातमा प्रतिबन्ध लगाउने विषय पनि समेटिएको छ। साथै उपभोक्तालाई स्थिर तथा दिगो ऊर्जा आपूर्ति र सस्तो मूल्यमा ग्यास खरिद सुनिश