नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको मर्म अनुसार नै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ। बुधबार मन्त्रिपरिषद् निर्णय सार्वजनिक भएपछि पत्रकारले सोधेका प्रश्नको जवाफ दिनेक्रमममा मन्त्रालयमा उहाँले यस्तो बताउनुभएको हो। लोकतन्त्रको मर्म, संविधानको भावना अनुसार मुलुकलाई अगाडि बढाउने विषयमा सरकार जानकार रहेकोसमेत उहाँले बताउनुभयो।