नेपालीलाई फ्रान्समा रोजगारी दिनेबारे राजदुतसँग छलफल, स्वास्थ्य र पर्यटनमा सम्भावना

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल–फ्रान्सबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको छ।सो अवसरमा मन्त्री श्रेष्ठले युरोपका विभिन्न मुलुकमा नेपाली श्रमिकहरु कार्यरत रहेको उल्लेख गर्दै नेपाली युवाका लागि फ्रान्समा रोजगारीका अवसर प्रदान गर्न आग्रह गरेका छन्। श्रेष्ठले  नेपाल र फ्रान्सबीचको बहुआयामिक सम्वन्धलाई अझ विस्तार गर्न आफू प्रतिवद्ध रहेको बताउए । नेपाल–फ्रान्सबीच रही आएको आपसी सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गर्दै  मन्त्री श्रेष्ठले फ्रान्सले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक एवं सामाजिक क्षेत्रको सहयोग निरन्तर हुने विश्वास समेत व्यक्त गरे। सो अवसरमा राजदूत बुर्बाओले नेपाली स्वास्थ्यकर्मीका लागि फ्रान्सको स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुनसक्ने बताए । साथै कोभिड महामारीपछि फ्रान्सको पर्यटन उद्योगमा पनि नेपाली श्रमिकहरुका लागि रोजगारी सिर्जना हुने बताए । राजदूत बुर्बाओले फ्रान्समा रोजगारीका लागि जान भाषा तथा व्यवसायिक तालिमको राम्रो प्रवन्ध हुनुपर्ने बताए । साथै उनले फ्रान्समा फ्रान्सेली नागरिक सरह नै विदेशी कामदारले पनि पारिश्रमिक तथा सामाजिक सुरक्षाको सुविधा उपभोग गर्न पाउने बताए । सन् १९४९ अप्रिल २० मा नेपालको फ्रान्ससँग कूटनीतिक सम्बन्ध कायम भएको थियो । नेपालले कूटनीतिक सम्बन्ध राखेको फ्रान्स चौथो देश हो । दक्षिण एसियामा फ्रान्सको पुरानो कुटनीतिक सम्बन्ध कायम भएको मुलुक हुनु नेपालको लागि खुसीको कुरा भएको मन्त्री श्रेष्ठले बताएका थिए । वैदेशिक रोजगारीलाई उपलब्धिमूलक बनाउन आकर्षक तलब सुविधासहितका रोजगारीका नयाँ गन्तव्य मुलुकको पहिचान गर्न मन्त्री श्रेष्ठले विभिन्न मुलुकसँग छलफल गर्दै आएका छन् ।

सम्बन्धित सामग्री

पर्यटनमा खेलाँची

नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको मुलुकमा चिन्ने गरिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि ८ हजार मीटरभन्दा अग्ला १४ मध्ये ८ हिमालय नेपालमै छन् । धार्मिक, सांस्कृतिक विशेषता झल्कने थुप्रै मौलिक परम्परा छन् । तर, विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) ले विश्वका उत्कृष्ट ५४ गाउँ घोषणा गर्दा नेपालको एउटै परेन । किन यसो भयो ? नेपालको पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने भनेर नेपाल पर्यटन बोर्ड स्थापना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय छ । त्यति मात्र नभई हरेक प्रदेशमा पनि पर्यटनको विकास र विस्तारमा काम गर्ने मन्त्रालय स्थापना गरिएका छन् । हरेक स्थानीय सरकारले पनि पर्यटन क्षेत्रको विकासमा काम गरिरहेको बताउने गर्छन् । यतिधेरै सरकारले काम गरेको पर्यटनको अवस्था पक्कै पनि राम्रो हुनुपर्छ । तर, विश्वका उत्कृष्ट गाउँको सूचीमा नेपालको एउटै पर्न नसकेपछि अनेक आशंका उब्जाएको छ । यदि उत्कृष्ट गाउँमा पर्न सकेको भए पर्यटन क्षेत्रको विकासमा योगदान पुग्न सक्थ्यो । यसो नहुनु भनेको सरकारले काम गरेन भन्ने हो, नेपालको पर्यटनमा मौलिकताको कमी छ र सृजनात्मकता कम छ भन्ने हो । पर्यटनको विकासका लागि जसरी आन्तरिक रूपमा काम गर्न आवश्यक छ, त्यसैगरी अन्तरराष्ट्रिय मञ्चको पनि प्रयोग गर्नुपर्छ । उत्कृष्ट गाउँका लागि नेपालले तयारी गरेको भए र त्यसअनुसार काम गरेको भए नेपालको कुनै न कुनै गाउँ उक्त सूचीमा पर्न सक्थ्योे । परेनन् भने पनि प्रतिस्पर्धामा आउँदासमेत पर्यटन क्षेत्रको प्रचारप्रसारमा योगदान पुग्थ्यो । अहिलेको जस्तो कार्यालय कुरेर वा अनावश्यक कुरा मात्र गरेर पर्यटनको विकास हुन नसक्ने भएकाले कार्यशैली सुधार गरी नतीजा निकाल्नतर्फ लाग्नुपर्छ । अक्टोबरमा १ लाख १७ हजार पर्यटन भित्रिए भनेर बस्ने छूट अब हुनु हुँदैन । के नेपालको सम्भावना त्यति संख्यामा मात्रै पर्यटक भित्त्याउने हो त ? नेपालभन्दा कमजोर देशमा यो भन्दा ठूलो संख्यामा पर्यटक भित्रिरहेका छन् । तर नेपालमा किन यस्तो भइरहेको छ ? यतातर्फ ध्यान दिएर कमजोरी सुधार गर्न आवश्यक छ । उत्कृष्ट पर्यटन गाउँ चयन गरेर विशिष्ट र यथार्थपरक पर्यटन प्रवर्द्धन गराउने उद्देश्य रहेको छ । यसमा नेपाल नपर्नु भनेको ठूलो अवसर गुमाउनु हो ।  नेपाल गाउँले भरिएको देश हो । मौलिक संस्कृति र रहनसहन पनि छ । मुस्ताङको गाउँ उत्कृष्ट पर्यटकीय गन्तव्यमा परे पनि यूएनडब्ल्यूटीओको सूचीमा भने पर्न सकेन । ग्रामीण पर्यटनका लागि नेपालका गाउँहरू थुप्रै छन् । ग्रामीण पर्यटन बढाउनकै लागि भिलेज टुरिजम प्रमोशन फोरम नेपाल (भीटोफ) को स्थापना गरिएको छ । यसले उत्कृष्ट ग्रामीण पर्यटन क्षेत्र भनेर गाउँहरू छान्ने गरेको पनि छ । तर, सम्भावना भएर पनि नेपाल उत्कृष्ट ग्रामीण पर्यटनमा छानिएन । खासमा यूएनडब्ल्यूटीओेले छान्न यस्तो ग्रामीण पर्यटनमा सूचीमा पर्न दरखास्त दिनुपर्ने हुन्छ । यसरी उत्कृष्ट गाउँ छान्न थालेको ३ वर्ष भयो । यस वर्ष २६० ओटा आवेदन परेका थिए जसमध्ये ५४ ओटा गाउँ छानिए । त्यस्तै २० वर्ष गाउँ स्तरीकरणका लागि छानिएका छन् । ७४ ओटा गाउँ यूएनडब्ल्यूटीओ बेस्ट टुरिजम भिलेज नेटवर्कमा परेका छन् । उत्कृष्ट गाउँमा पर्ने आधार नौओटा छन् । सांस्कृतिक र प्राकृतिक स्रोत, संस्कृतिको प्रवर्द्धन र संरक्षण, आर्थिक दिगोपन, सामाजिक दिगोपन, वातावरणीय दिगोपन, पर्यटन विकास र मूल्य शृंखलामा समायोजन, पर्यटनमा प्राथमिकीकरण र सुशासन, पूर्वाधार र कनेक्टिभिटी, स्वास्थ्य र सुरक्षाजस्ता पक्षको मूल्यांकन गरी उत्कृष्ट पर्यटन गाउँ चयन गरिन्छ । तर, यसमा नेपालले भाग लिएको समेत जानकारीमा आएको छैन । भीटोफ नेपालले यसमा ध्यान नदिएको हो कि आवेदन दिएर पनि जानकारी नदिएको  हो ? स्पष्ट छैन । यसरी उत्कृष्ट पर्यटन गाउँ चयन गरेर विशिष्ट र यथार्थपरक पर्यटन प्रवर्द्धन गराउने उद्देश्य रहेको छ । यसमा नेपाल नपर्नु भनेको ठूलो अवसर गुमाउनु हो । वार्षिक यति लाख पर्यटक भित्त्याउने, भ्रमण वर्ष वा दशक मनाउने जस्ता कुरामा हल्लाखल्ला भए पनि पर्यटनमा मौलिकता दिन र त्यसका लागि दाबी गर्न पाउने अवसर गुमिरहेको छ । यसले नेपालको पर्यटन अद्वितीय छ भन्ने विषयलाई ओझेलमा पारेको छ । निकट छिमेकी चीनका तीन गाउँ र भारतको एक गाउँ यो सूचीमा छनोट हुँदा नेपालको उपस्थितिसमेत नहुनु भनेको लाजको विषय हो । पर्यटनमा नेपाल कति योजनारहित ढंगले अघि बढेको रहेछ भन्ने कुराको उदाहरण पनि हो ।

रोजगारी सिर्जनादेखि शिक्षा, स्वास्थ्य र पर्यटनमा जोड

काठमाडौं महानगरपालिकाले ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने दीर्घकालीन सोचअघि सार्दै आर्थिक वर्ष २०८०-०८१को नीति तथा कार्यक्रम ल्याएको छ।...

बिग्रँदो पर्यावरणबाट पर्यटनमा चिन्तन

पर्यटन र पर्यावरणबीच बलियो सम्बन्ध हुन्छ । अझ नेपालको पर्यटन त पर्यावरणसँग सीधै सम्बद्ध छ किनभने नेपाल आउने पर्यटक यहाँको प्राकृतिक स्वच्छताकै लागि आउने गर्छन् । पर्यटकीय नगरी पोखरा स्वच्छ र सफा भएकै कारण धेरै पर्यटकको रोजाइमा पर्ने गरेको हो । तर, त्यहाँ वायुप्रदूषण बढ्नुका साथै काठमाडौं जस्तै भीडभाडयुक्त शहर बन्न थालेपछि यहाँको पर्यटन समस्यामा पर्ने हो कि भन्ने चिन्ता थपिएको छ । नेपालका अन्य पर्यटकीय क्षेत्रमा पनि यस्तै समस्या देखिन्छ । प्रदूषण र फोहोर स्थानीय समस्या हो । यसले जनस्वास्थ्यमा पर्ने प्रभाव आफ्नो ठाउँमा छ तर पर्यटनमा पर्ने प्रभाव गम्भीर हुन्छ । नेपालले पर्यावरणमा ध्यान नदिने हो भने नेपालका प्रमुख पर्यटन गन्तव्य मानिने पदमार्ग, सम्पदाक्षेत्र र हिमाल आरोहण आदि प्रभावित हुने देखिन्छ । पर्यापर्यटन अहिले विश्वमा निकै चर्चामा रहेको छ । नेपालले पनि पर्यापर्यटनबारे विशेष ध्यान दिनु जरुरी छ । यहाँको प्राकृतिक विविधताको संरक्षण गर्दै दिगो पर्यटनका लागि बलियो आधार तय गर्नुपर्छ । पोखराको वायुप्रदूषण दिनानुदिन बढ्दै गएको छ । सन् २०२२ देखि नै वायूप्रदूषणमापक यन्त्र डिभाइस राखेर तथ्यांक लिन थालेपछि प्रत्येक महीना प्रदूषण बढेको देखिएको छ । यन्त्रबाट मापन गर्दा प्रदूषण बढ्दो क्रममा भेटिएकाले पोखराले वायुप्रदूषण कम गर्ने विषयमा सोच्ने बेला आइसकेको छ । काठमाडौंको प्रदूषण विश्वमै निकै बढी भएको देखिन्छ । वायुप्रदूषण ‘मौन हत्यारा’ मानिन्छ । काठमाडौंको प्रदूषणका कारण श्वासप्रश्वासको रोग लाग्ने र कतिपयको ज्यानै जाने गरेको छ । त्यसैले यहाँको प्रदूषणबाट डराएका कतिपय पर्यटक काठमाडौं ओर्लिएर सीधै पोखरा जाने गरेका छन् । त्यहाँबाट अन्य पर्यटकीय क्षेत्रमा जाने गरेको पनि पाइन्छ । पर्यटक नेपाल आउनुअघि वायुप्रदूषणको मापन चेक गर्छन् । प्रदूषण बढेको भेटिएमा स्वास्थ्य जोखिममा राखेर पर्यटक आउने सम्भावना कमै हुन्छ । त्यसैले नेपालको पर्यटनलाई असर नपार्ने हो भने तत्काल पर्यटनसँग सम्बद्ध क्षेत्रको पर्यावरण थप बिग्रन नदिन तथा सुधार गर्न पहल थाल्नुपर्छ । सगरमाथा क्षेत्र प्रदूषित भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । सगरमाथा चढ्न जानेको भीडको फोटोले हिमाल आरोहीहरूलाई तर्साएकै थियो । पटकपटक हिमाल सफाइ अभियान चलाए पनि ती क्षेत्रमा फोहोरको मात्रा पर्याप्त रहेको देखिन्छ । त्यसैगरी पदयात्रा मार्गमा भएको प्रदूषण र फोहोरबारे पनि पर्यटकले चिन्ता प्रकट गरेका छन् । कतिपय पदमार्गका नजिकैबाट सडक बनाइएका छन् । कच्ची सडकका कारण धूवाँ र धूलोले पदयात्रीलाई नमीठो अनुभव गराएको छ । पदयात्रामा जुन किसिमको नवीन अनुभूति लिन पर्यटक आउँछन्, त्यसमा बाधा पुगेपछि उनीहरूले विकल्प खोज्न सक्छन् । अन्य देशको उदाहरण हेर्ने हो भने पदयात्रामा अवरोध पुग्ने गरी सडक बनाएको पाइँदैन । नेपालको पर्यटन काठमाडौं, पोखरा, सौराहाको त्रिवेणीमा बढी केन्द्रित छ । यी सबै ठाउँमा आन्तरिक पर्यटक र बाह्य पर्यटकका कारण निकै भीडभाड र कोलाहल बढिरहेको छ । प्रदूषण र फोहोर पनि त्यतिकै बढिरहेको छ । जिम्मेवार उपभोगको संस्कृति नहुँदा मानिसमा यी ठाउँको सौन्दर्य नबिगारीकन आनन्द लिने बानी बसिसकेको देखिँदैन । खासगरी आन्तरिक पर्यटकका कारण फोहोर बढेको पाइन्छ । त्यसैले अब पर्यटन क्षेत्रमा गुरुयोजना बनाएर काम थाल्नुपर्छ । पोखरा, काठमाडौंजस्तो शहरमात्रै होइन, पदमार्ग र हिमाल आरोहण क्षेत्र पनि प्रदूषित भइरहेका छन् । रारा जस्तो तालमा पनि फोहोर बढ्न थालिसकेको छ । त्यसैले फोहोर र प्रदूषणबाट पर्यटनलाई जोगाउन स्पष्ट नीति नै आवश्यक भइसकेको छ । पर्यापर्यटन अहिले विश्वमा निकै चर्चामा रहेको छ । नेपालले पनि पर्यापर्यटनबारे विशेष ध्यान दिनु जरुरी छ । यहाँको प्राकृतिक विविधताको संरक्षण गर्दै दिगो पर्यटनका लागि बलियो आधार तय गर्नुपर्छ । हिमालसँग नेपालको पर्यटनको सम्बन्ध छ । हिमालकै कारण धेरै पर्यटक नेपाल आएका हुन् । तर, पर्यावरण बिग्रिएकै कारण हिमालमा हिउँ घट्दै गएको छ । विश्व तापमानमा आएको परिवर्तनको दुष्प्रभाव नेपालमा परेको हो । त्यसैले पर्यावरणीय मुद्दालाई नेपालले बलियोसँग उठाउनुपर्छ । अन्तरराष्ट्रिय प्रयास बेग्लै कुरा हो, तर नेपालले यसमा विशेष तयारी र योजना बनाउन ढिला गर्नु हुँदैन । यतिबेला देशका धेरै ठाउँमा उच्च पहाडी र हिमाली क्षेत्र हिउँले भरिभराउ हुनुपर्ने हो । तर, अहिलेसम्म हिउँ नपर्दा डाँडातिर आन्तरिक र बाह्य पर्यटक उक्लिएका छैनन् । यसबाट पर्यटन व्यवसायी चिन्तित छन् । बाह्य पर्यटकका लागि यो अफ सिजन हो । अघिल्ला वर्षमा हिउँ खेल्न जाने पर्यटकले व्यवसाय धानेको थियो । यसपटक पानी नपरेपछि हिउँ पनि परेन, पर्यटक पनि आएका छैनन् । हिउँ पर्ने समयमा मर्दी हिमाल पदयात्रामा हिउँ खेल्नकै लागि दैनिक २ सयभन्दा बढी पुग्ने गर्थे । तर, यो सिजनमा मुश्किलले ४०/५० जनामात्र आएको स्थानीयको भनाइ छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एकाध ठाउँबाहेक कुनै पनि ठाउँमा हिउँ परेको छैन । पानी र हिउँ नपर्नुको मुख्य कारण जलवायु परिवर्तन हो । संसारभर तापक्रम वृद्धि हुँदै गएको छ । ३० वर्ष पहिलाभन्दा एक डिग्री सेल्सियस तापक्रम बढेको छ । समयमै हिमपात नहुँदा पर्यावरणमा आउनसक्ने फेरबदलले हिमाली वन्यजन्तु अन्यत्र स्थानान्तरण हुन सक्ने सम्भावना बढेर गएको छ । त्यसैले पर्यावरण र पर्यटनलाई सँगसँगै लैजानु जरुरी छ । नेपालमा तीव्र रूपमा कच्ची सडक निर्माणले गति लिएको छ । स्थानीय स्तरमा बन्ने यस्ता सडकले पदयात्रा मार्ग बिगारेको छ । जुन शान्तिका साथ पदयात्रा गर्न पर्यटक आतुर छन् तिनले यो अवस्थाको विरोध नै गरेका छन् । त्यही भएर नेपाल आउने पर्यटक अन्य देशमा गइरहेका छन् । हामी पर्यटकको संख्या बढेकोमा दंग छौं । खर्चालु प्रकृतिका पर्यटक जो नेपाल आउँथे ती अन्यत्रतर्फ गइरहेका छन् । तिनका बारेमा हाम्रो ध्यान गएको छैन । पर्यटनको प्रचार जति गरिन्छ त्योभन्दा बढी प्रचार यहाँ आउने पर्यटकले गरेका हुन्छन् । तिनले यहाँको पर्यटनबारे नराम्रो सन्देश दिए भने जतिसुकै प्रचार गरे पनि पर्यटक आउने सम्भावना कम हुन्छ । लेखक पर्यटन व्यवसायी हुन् ।

साँगुरीगढी गाउँपालिकाको जोड शिक्षा, स्वास्थ्य र रोजगारी

धनकुटाको साँगुरीगढी गाउँपालिकाले उत्पादन, पर्यटन क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र विकास निर्माणलाई जोड दिँदै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।‘पर्यटन, कृषि र पूर्वाधारको विकास, साँगुरीगढी समृद्धिको आधार’ भन्ने गाउँपालिकाको लक्ष्यलाई पूरा गर्नका लागि बजेटले गन्तव्य तयार गरेको र सोहीअनुसार नै बजेट आएको गाउँपालिका उपाध्यक्ष मुना राईले बताइन् । गाउँपालिकाले कृषि तथा पर्यटनमा […]

पोखराको नीति तथा कार्यक्रम : कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनमा प्राथमिकता

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । महानगरको ११ औं नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख आचार्यले पर्यटनलाई केन्द्रमा राखेर महानगरका समस्या सम्बोधन र समाधान खोज्ने बताएका छन् । महानगरमा आगामी वर्षमा छाडा चौपाया नियन्त्रण गरी सडकलाई पूर्ण रुपमा […] The post पोखराको नीति तथा कार्यक्रम : कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनमा प्राथमिकता appeared first on राजधानी राष्ट्रिय दैनिक.

चौथो गुल्मी महोत्सव सुरु

२५ चैत, गुल्मी । गुल्मीको चिदीचौर खेल मैदानमा शुक्रबारदेखि चौथो गुल्मी महोत्सव सुरु भएको छ । ‘गुल्मीको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ महोत्वस सुरु भएको हो । ४ वैशाखसम्म चल्ने महोत्सवको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गरेका छन् । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, तरकारी, च्याउ […]

गुल्मी महोत्सवको तयारी तीव्र, ६ दर्जन कलाकारले प्रस्तुति दिने

गुल्मी । यही चैत २५ गतेदेखि तम्घासमा गुल्मी महोत्सव आयोजना हुँदैछ । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ चैत २५ गतेदेखि वैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेला हुन लागेको हो । महोत्सव नजिकिएसँगै तयारी तीव्र पारिएको छ । मेलामा […]

नेपाललाई सहयोग गर्न डब्लुएचओ तयार

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिध डा. राजेश एस.पाण्डवबीच भेटवार्ता भएको छ । कोभिडबाट नेपालको पर्यटनमा परेको प्रभाव, खेपको अवस्था र पछिल्लो पर्यटनको अवस्था र डब्लुएचओको सहयोगका विषयमा छलफल भएको थियो ।भेटमा डा. राजेश एस.पाण्डवले पर्यटकका लागि नेपाल खुला हुन सुखद भएको बताउँदै स्वास्थ्य मापदण्डलाई […]

पर्यटनमा आशा

कोरोना संक्रमण भित्रिन नदिन सरकारले डेढ वर्षदेखि पर्यटक आगमनमा विभिन्न किसिमले लगाएको बन्देज हटाएको छ । यसबाट तत्कालै पर्यटक आगमन ठूलो संख्यामा वृद्धि त नहोला तर जोखिमकै बीच नेपाल आउन चाहने पर्यटक भने आउन सक्नेछन् । पर्यटन व्यवसायीले राख्दै आएको माग पूरा भएकाले सरकारको निर्णयको उनीहरूले स्वागत गरेका छन् । यतिले मात्रै पर्यटक आगमन बढाउन सक्ला त ? अहिले विश्वभरि नै अत्यधिक छूटमा पर्यटनका प्याकेज ल्याइरहेको छ । त्यही रणनीतिअनुसार नेपालले पनि पर्यटनको बजार खोज्नु उपयुक्त हुन्छ । अहिले पर्यटनको विश्वबजार सबैजसो खुलिसकेको अवस्था छ । विभिन्न पर्यटकीय गन्तव्यहरूमा पर्यटकको भीड देखिएको पनि पाइन्छ । तर, बाह्य पर्यटक भने कमै देखिएका छन् । त्यसैले विभिन्न देशले अहिले पर्यटन व्यवसायलाई गति दिन आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्ने नीति लिएका छन् र त्यसको कार्यान्वयनले सकारात्मक परिणाम दिएको पनि पाइएको छ । यद्यपि विश्व पर्यटन बजार पूर्णरूपमा पुरानै लयमा फर्किन अझै २/३ वर्ष लाग्ने प्रक्षेपण सम्बद्ध संस्थाहरूले गरिरहेका छन् । यस्तोमा नेपालले पर्यटक आगमन खुला गरेर विश्व पर्यटन बजारमा सकारात्मक सन्देश दिन त खोजेको छ । तर, उनीहरूलाई आकर्षित गर्नेगरी प्रचारप्रसार तथा प्रडक्ट ल्याउन तथा सुरक्षित छ भन्ने सन्देश दिन भने ठोस कदम चालिएको पाइँदैन । यसअघि बाह्य मुलुकबाट आउने पर्यटकका लागि क्वारेन्टाइनको अनिवार्य व्यवस्था थियो । साथै, उनीहरूलाई अनअराइभल भिसा पनि उपलब्ध थिएन । १ हप्ताजति नेपाल घुम्ने योजना बनाउने पर्यटकलाई त्यति नै दिन क्वारेन्टाइनमा बस्न परेपछि नेपाल आउने अर्थै रहेन । त्यसमा पनि क्वारेन्टाइन अवधिमा पूरै कोठामा थुनिएर बस्नुपर्ने र उसले कुनै पनि पर्यटकीय गतिविधिमा सहभागी हुन नसक्ने भएपछि उनीहरू नेपाल आउने कुरै भएन । यद्यपि हिमाल आरोहणका लागि पनि केही पर्यटक नआएका होइनन् । नया“ व्यवस्थाले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका तथा ७२ घण्टे पीसीआर रिपोर्टबाट कोरोना नेगेटिभ देखिएका पर्यटकले विमानस्थलमै भिसा प्रक्रिया पूरा गर्न सक्ने र त्यही“बाटै पर्यटकीय गन्तव्यमा जान सक्ने बनाएको छ । यसरी व्यवसायीको माग पूरा भएको छ । तर, पर्यटकलाई ल्याउन पर्यटन व्यवसायीले नया“ ढंग, प्रडक्ट र रणनीति तय नगरेर पुरानै तरीकालाई निरन्तरता दिए यो नया“ व्यवस्थाले पनि पर्यटक नआउन सक्छन् । नेपालले पर्यटकहरूका लागि आगमन खुला गरे पनि नेपालको पर्यटनको स्रोत बजार भएका मुलुकले नेपाललाई रेड जोन अर्थात् कोरोनाको जोखिम उच्च रहेको क्षेत्रमा राखिरहेका छन् । अहिले संक्रमितको संख्या निकै घटेको भए पनि रेड जोनमा राखिएपछि ती देशबाट नेपाल आउन त्यति सहज हुँदैन । ती देशमा सबैजसो नागरिकले भ्याक्सिन लगाइसकेका छन् तैपनि जोखिम उत्तिकै रहेकाले उनीहरूले आफ्ना नागरिकलाई नेपालमा जान पक्कै पनि सल्लाह नदेलान् । यस्तो बेला कूटनीतिक क्षेत्रको काम महत्त्वपूर्ण हुन्छ । नेपालको कूटनीतिक क्षेत्रले नेपाल पर्यटकका लागि सुरक्षित छ, खोप र स्वास्थ्य मापदण्ड पालना सही ढंगले भएको छ भनेर विश्वास दिलाउन पहल गर्नुपर्ने हुन्छ । तर, त्यस्तो भएको देखि“दैन । कूटनीतिक क्षेत्रले सही ढंगले ती देशमा सकारात्मक सन्देश लान सकेको भए नेपालमा खोप अभियान व्यापक नभएको अवस्थामा पनि पर्यटक आउन सक्छन् । तर, नेपाल सुरक्षित छ भन्ने सन्देश दिन कूटनीतिक क्षेत्र सफल भएको देखिँदैन । पर्यटनको स्रोत बजारमा नियमित उडान शुरू हुन थालेका छन् । ती ठाउँमा सरकार, नेपाल पर्यटन बोर्ड तथा व्यवसायीले प्रचारको काम थाल्नुपर्छ । तत्कालै पर्यटक नआए पनि छूटका साथ रिजर्भेशन गराउन थाल्नु उपयुक्त हुन सक्छ । अहिले विश्वभरि नै अत्यधिक छूटमा पर्यटनका प्याकेज ल्याइरहेको अवस्था छ । त्यही रणनीति अनुसार नेपालले पनि पर्यटनको बजार खोज्नु उपयुक्त हुन्छ । भ्याक्सिन नलगाएका पर्यटकले पनि क्वारेन्टाइनका बेलामा गर्न सक्ने केही प्रडक्ट ल्याउनुपर्छ । त्यस्तै भीडभाड नहुने पदयात्राजस्ता विभिन्न प्याकेजमा बढी केन्द्रित हुनुपर्छ । अन्य देशमा नहुने खालको पर्यटकीय गतिविधिमा केन्द्रित रहेर प्याकेज ल्याउँदा पर्यटक आगमन बढ्न सक्छ । साथै, स्तरीय पर्यटक ल्याउन यो नयाँ अवसर पनि बन्न सक्छ ।

आन्तरिक पर्यटनमा गोसाइँकुण्ड

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्ड धार्मिक एवं पर्यटकीय केन्द्र हो । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड रामसार सूचीमा समेत पर्छ । समुद्र मन्थनबाट उत्पन्न कालकूट विषको डाहा शान्त पार्न हिमालय खण्डमा आई महादेवले आफ्नो हातमा भएको त्रिशूलले पहरो खोपी पहरोबाट गंगाजल (त्रिशूलधारा) उत्पन्न भएपछि कुण्डमा शयन गरी चिसो पानीद्वारा विषको डाहा शान्त पारेको भनाइ पाइन्छ । त्रिशूली नदीको उद्गम स्थान त्रिशूलधारा गोसाइँकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, आमाकुण्डलगायत १०८ कुण्ड, अमरसिंह गुफालगायत ऐतिहासिक, भौगोलिक, धार्मिक तथा प्राकृतिक महŒवले यो क्षेत्र धनी छ । जैविक विविधताले धनी यस क्षेत्रको वन, वनस्पति , वन्यजन्तु, चराचुरुङ्गी, पुतली, जडीबुटी, गुम्बा, धार्मिक स्थान, तामाङ तथा हेल्मो संस्कृति, वेशभूषा जानकारी पाउन सक्ने भएकाले यो क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । आप्mनो मौलिकता जातीय पहिचान सिर्जिएका लोकसांस्कृतिक नाच गानले यस समाजको पृष्ठभूमिमा सृजित लोक संस्कृतिको मुख्य थान लिएको पाइन्छ । यसलाई पर्यटनसँग जोड्ने सामान्य प्रयास पाइन्छ । तर, त्यो पर्याप्त छैन जसले गर्दा यहाँको पर्यटकीय सम्भावनाको दोहन हुन सकको छैन । गोसाइँकुण्डमा पानीको आयतन १४७२००० क्युबिक मिटर रहेको छ भने भैरवकुण्डमा ४६ लाख ६० हजार क्युबिक मीटर पानी रहेको छ । गोसाइँकुण्डबाट प्रतिसेकेन्ड ६० लिटर पानी बग्छ भने प्रतिसेकेन्ड ३५ लिटर पानी त्रिशूल धारा र अन्य स्रोतबाट भित्रिन्छ । भैरवकुण्डबाट प्रतिसेकेन्ड ७५ लिटर पानी तल झर्छ । नेपालमा जम्मा २२५ अर्ब घनमीटर अर्थात् २२५० अर्ब लिटर पानीको स्रोत रहेको र केबल १५० अर्ब लिटर पानी मात्र सामाजिक र आर्थिक क्रियाकलापमा उपयोेग हुन्छ । यी तथ्यले पनि गोसाइँकुण्ड प्राणी÷वनस्पति  सबैका लागि महŒवपूर्ण देखिन्छ । गोसाइँकुण्ड क्षेत्रमा १०० भन्दा बढी प्रजातिको वनस्पति पाइन्छ । विश्व संरक्षण खतराको सूचीमा परेका वनस्पतिहरूमा कुट्की, जटामसी, क्षेतरे, सर्मागुरु, विष, अमृत, धोपजडी, खिलदार, पदमचाल पाइन्छ । प्रमुख जङ्गली जनावरमा डाँफे, कस्तुरी मृग काँडे भ्याकुर आदि यहाँ पाइन्छन् । वास्तविक रूपमा गोसाइँकुण्ड क्षेत्र धार्मिक, सांस्कृतिक हिसाबले मात्र होइन, पर्यटकीय दृष्टिले पनि उत्तम हिमाली क्षेत्र हो । गोसाइँकुण्डमा पुग्नका लागि रसुवा, नुवाकोट र सिन्धुपाल्चोक भएर तीनतिरबाट पुग्न सकिन्छ । काठमाडौंबाट ११७ किमी झन्डै ६ घण्टा जति बसमा यात्रा गरी धुन्चेमा वास बसेर भोलिपल्ट सजिलै चन्दनबारी पुग्न सकिन्छ । तेस्रो दिन लैरीविनायक र अर्को दिन त गोसाइँकुण्ड पुग्न सकिन्छ । काठमाडौंबाट मेलम्ची पुल, तारामाराङ हुँदै ६ घण्टा पैदल हिँडेर कुटुमसाङ पुगिन्छ । त्यहाँबाट मागिनगोठ, ठाडे पाटी, ठूलो घोप्टे, फेदी ऐथाङ, सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ । बौद्ध सुन्दरीजल हुँदै चिसोपानी, पाटी भञ्ज्याङ, चिपलिङ, गुल्फु भञ्ज्याङ, कुटुमसाङ पुगिन्छ र त्यहाँबाट मागिनगोठ, ठाडेपाटी, ठूलो घोप्टे, फेदी, ऐथाङ, सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ । गोसाइँकुण्ड क्षेत्रको दृश्यको सौन्दर्य स्वरूपले जो कही पनि मुग्ध हुनु स्वाभाविकै हो । राष्ट्रिय संस्कृतिको स्वरूप लोक सांस्कृतिक, धार्मिक एकतामा समाहित भएर गोसाइँकुण्ड क्षेत्रले नेपाली माटोको सुगन्ध बोकेर साच्चै नै परम्परा बचाएको पाइन्छ । आप्mनो मौलिक जातीय पहिचानको रसास्वादन गर्न सकिन्छ । यस गोसाइँकुण्ड क्षेत्रबाट हिमाली दृश्यको सौन्दर्य पान गर्दै धार्मिक यात्रामा जाने नेपालीहरू प्रशस्त छन् । यहाँ पर्यटकीय विकासका लागि विभिन्न प्रकारका कार्यक्रम नेपाल सरकारले ल्याउन सके अर्थतन्त्रमा दरिलो टेवा पुग्नेछ । काठमाडौं उपत्यकाको नजिक भएकाले पनि यहाँ धार्मिक पर्यटक प्रशस्त पुग्ने गरेका छन् । हेलिकोप्टरबाट पनि यहाँ पुग्नेको संख्या प्रशस्त छ । नेपालको पर्यटनमा पदयात्राको भूमिका बढी छ । पदयात्राका लागि यो उत्कृष्ट गन्तव्य हो । तर, पदयात्राका लागि उपयुक्त मार्गमा सडक बन्दै गएकाले यसको यात्रा छोटिएको छ । हिमाली प्रकृतिमा गरिने पदयात्रा अविस्मरणीय हुन्छ । खासगरी बाह्य पर्यटक यसमा निकै रमाएको पाइन्छ । विगतको दाँजोमा निकै पूर्वाधार बनेका छन् । तर, ती पूर्वाधार बनाउँदा यहाँको प्रकृति र जनजीवनमा कुनै असर नपार्ने गरी काम गर्नुपर्छ । नेपालका पर्यटकीय क्षेत्रहरू धार्मिक क्षेत्र र त्यसका आसपास रहेका पाइन्छन् । त्यसैले धार्मिक क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । वास्तवमा नेपालका प्रत्येक क्षेत्रमा पर्यटकीय गतिविधि गर्न सकिन्छ । तर, त्यसका लागि लगानी धेरे चाहिन्छ । गोसाइँकुण्ड धार्मिक महत्त्वको भए पनि प्राकृतिक दृष्टिकोणले पनि उत्तिकै महŒव छ । पर्यटनलाई धर्मसँग जोडेर लाने हो भने पनि पर्यटन व्यवसाय आकर्षक बन्न सक्छ । प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तŒवहरूको विकास गरी धार्मिक पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यकता रहेको छ । धार्मिक पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै यस क्षेत्रभित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । विगतमा यस क्षेत्रको पर्यटन विकासका लागि प्रयास हुँदै गर्दा पर्यटक आगमनमा केही वृद्धि भएको पाइन्छ । कोभिड–१९ महामारीका कारण प्रतिकूल असर परेको छ । यस अवस्थामा स्वास्थ्य मापदण्ड पालन गर्न अति आवश्यक छ । अवस्था साधारण भएपछि धार्मिक पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप धार्मिक पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । उक्त सफलताका लागि हाम्रो देशमा रहेका हजारौं जलाशय तथा कुण्ड र त्यससम्बन्धी संस्कृतिलाई स्थानीय सरकारले आवश्यक व्यवस्थापन गरी आर्थिक गतिविधि बढाउनु आजको आवश्यकता हो ।   लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।