ललितपुर १ मा उदयशमशेर अगाडि, नवराज दोस्रोमा

नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणा नेकपा एमालेका नवराज सिलवाल भन्दा अगाडि रहेका छन् ।

सम्बन्धित सामग्री

ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उदयशमशेर विजयी

काठमाण्डाै – ललितपुर–१ बाट प्रतिनिधिसभामा  नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाले जित हासिल गर्नुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा एमालेका उम्मेदवार नवराज सिलवाललाई चार हजार छ सय १४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।  राणाले २३ हजार आठ सय ९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार दुई सय ७८ मत प्राप्त गर्नुभएको छ । यसअघि विसं २०७४ पनि प्रतिनिधिसभाका लागि राणा र सिलवाल नै प्रतिस्पर्धामा हुनुहुन्थ्य...

ललितपुर- १ बाट कांग्रेसका उदयशमशेर निर्वाचित, हारे एमालेका नवराज सिलवाल

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । ५३ वर्षे राणाले अघिल्लाे चुनावका विजेता एमालेका नवराज सिलवाललाई पराजित गरेका हुन्

ललितपुर–१ मा कांग्रेसका राणा निर्वाचित

ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् ।  निर्वाचित अधिकृत बालकृष्ण निरौलाले राणा निर्वाचित भएको रातोपाटीलाई बताए ।राणाले २३ हजार ८९२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नवराज सिलवालले १९ हजार २७८ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन कुमार घिमिरेले ३ हजार २७७ मत ल्याए ।

ललितपुर-१ मा नवराज सिलवाललाई हराउँदै कांग्रेसका उदयशमशेर राणा निर्वाचित

काठमाडौं, ७ मंसिर । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणा निर्वाचित भएका छन् । उनले नेकपा (एमाले) का नवराज सिलवाललाई पराजित गरेका हुन् । सिलवाल ०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले अहिले विजयी भएका राणलाई नै हराएका थिए ।

ललितपुर–१ बाट कांग्रेसका उदयशमशेर राणा निर्वाचित

७ मंसिर, काठमाडौं । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् । मत गणना सकिएको तर औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रबाट २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलवालले हराएका थिए ।

ललितपुर–१ मा नवराज सिलवाल ९८१ मतले अगाडि

ललितपुर क्षेत्र नम्बर १ मा नवराज सिलवाल ९८१ मतले अगाडि देखिएका छन् ।  ८ हजार २९५  मतगणना हुँदा सिलवालले ३ हजार ८९१ मत पाएका छन् भने कांग्रेसका उदयशमशेर राणाले २ हजार ९१० मत पाएका छन् ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७२० मत पाएको छ । राप्रपाले ३४३ मत पाएको छ । ३२३ मत बदर भएको छ ।

ललितपुर–१ मा सिलवालको फराकिलो अग्रता

ललितपुर–१ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो अपडेट अनुसार सिलवालले २ हजार ९४३ मत प्राप्त गरेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी उदयशमशेर राणाले १ हजार ६८० मत ल्याएका छन् ।

ललितपुर–१ मा एमालेको अग्रता कायमै, पछ्याउदै कांग्रेस

काठमाडौं, ५ मंसिर । ललितपुर १ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार नवराज सिलवालले २३ सय ८४ मत गणना हुँदा १२९५ मत ल्याएर अगता लिइरहेका छन् । उनको प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाले ७०५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १७९ मत प्राप्त गर्दा राप्रपाको उम्मेदवार ९५ मत […]

ललितपुर–१ मा सिलवाललाई सुरुवाती अग्रता

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा एमाले सुरुवाती अग्रता देखिएको छ । सो क्षेत्रका एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार नवराज सिलवालले ६६७ मत ल्याउदा कांग्रेसका उदयशमशेर राणाको पक्षमा ४०१ मत आएको छ ।

चुनाव जितेपछि पनि सबै दललाई समेटेर अगाडि बढ्छु : उदयशमशेर

ललितपुर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले चुनावपछि पनि सत्ता गठबन्धनलाई साथमा लिएर जाने बताएका छन् । ललितपुरको चापागाउँमा आइतबार आयोजित कार्यक्रममा कांग्रेस नेता एवं ललितपुर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार राणाले गठबन्धनमा रहेका दलहरूलाई समान व्यवहार हुने बताएका हुन् । अहिले हाम्रो गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी सबैलाई समेटेर अगाडि बढ्छु । सबै […]