नेकपाको प्रचण्ड-नेपाल पक्षले गण्डकी र लुम्बिनी प्रदेश इन्चार्ज रहेका पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेललाई हटाएको छ ।
दुवै प्रदेश इन्चार्ज ओली पक्षमा रहेका थिए । उनीहरूको ठाउँमा गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।
सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको युवराज ज्ञवालीले लोकान्तर बताए ।
आजकै बैठकले गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई राख्ने निर्णय गरेको छ भने प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई ल्य...