रुकुम (पूर्व) : रुकुमपूर्व हिउँले सजिसजाउ भएको छ। बुधबार र बिहीबार दुई दिन परेको हिउँले अहिले रुकुमपूर्वका उच्च भेगसँगै अधिकांश बस्ती हिउँले सजिसजाउ भएको हो।दुई दिनसम्म परेको हिउँ अहिले गाउँ–बस्ती सजिसजाउ देखिएका छन्। बिहीबार (आज) तमु ल्होसार पर्वको सार्वजनिक बिदा भएकाले स्थानीय नागरिकसँगै जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी पनि हिउँमा रमाइ राखेका छन्।हिमपातका कारण चिसोले जनजीवन कष्टकर बनेको छ, भने रुकुमपूर्व र बाग्लुङ अन्तर्गतको मध्यपहाडी लोकमार्ग सडक खण्ड हिउँले अवरुद्ध